मिथिला कप : कलैया क्रिकेट क्लब फाइनलमा 

बाराको कलैया क्रिकेट क्लब मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

युवा शक्ति क्लबद्वारा आयोजित प्रतियोगिताको उपाधिको लागि कलैया क्रिकेट क्लबले बिहिबार बजाज युथ एकेडेमी सप्तरीसंग प्रतिस्पर्धा गर्नेछ।

बुधबार राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा कलैया क्रिकेट क्लबले एमसीटि मकवानपुरलाई २ विकेटले पराजित गर्यो।

एमसीटि मकवानपुरले दिएको १२५ रनको लक्ष्य कलैया क्रिकेट क्लबले १८.४ ओभरमा ८ विकेट गुमाएर भेटायो।

कलैयाको ब्याटिंगमा अरनिको यादवले सर्व्धिक ४८ रन योगदान दिए जुन क्रममा उनले २९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनि प्लेयर अफ द म्याच घोषित भए। साहिल पटेलले ३० तथा निकेश गुप्तले २७ रन बनाए। एमसीटिका बलर सुबर्ण भट्टले ३ तथा सम्मिर चौलागाई र शुभ कंसाकारले २/२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

यस अघि टस हारेर ब्याटिंग गरेको एमसीटिले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन बनायो। उसको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका रामनरेश गिरिले सर्वाधिक ५३ रन योगदान दिए जुन क्रममा उनले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। गौरभ खड्काले १४ रन बनाए।

कलैया क्रिकेट क्लबका भुलावन सहानीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। जितेन्द्र यादव र पवन सर्राफले २/२ तथा अरनिको यादव र तृत राज दासले १/१ विकेट लिए।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगिताताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy