मिथिला कप : कलैया क्रिकेट क्लब फाइनलमा 

बाराको कलैया क्रिकेट क्लब मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

युवा शक्ति क्लबद्वारा आयोजित प्रतियोगिताको उपाधिको लागि कलैया क्रिकेट क्लबले बिहिबार बजाज युथ एकेडेमी सप्तरीसंग प्रतिस्पर्धा गर्नेछ।

बुधबार राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा कलैया क्रिकेट क्लबले एमसीटि मकवानपुरलाई २ विकेटले पराजित गर्यो।

एमसीटि मकवानपुरले दिएको १२५ रनको लक्ष्य कलैया क्रिकेट क्लबले १८.४ ओभरमा ८ विकेट गुमाएर भेटायो।

कलैयाको ब्याटिंगमा अरनिको यादवले सर्व्धिक ४८ रन योगदान दिए जुन क्रममा उनले २९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनि प्लेयर अफ द म्याच घोषित भए। साहिल पटेलले ३० तथा निकेश गुप्तले २७ रन बनाए। एमसीटिका बलर सुबर्ण भट्टले ३ तथा सम्मिर चौलागाई र शुभ कंसाकारले २/२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

यस अघि टस हारेर ब्याटिंग गरेको एमसीटिले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन बनायो। उसको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका रामनरेश गिरिले सर्वाधिक ५३ रन योगदान दिए जुन क्रममा उनले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। गौरभ खड्काले १४ रन बनाए।

कलैया क्रिकेट क्लबका भुलावन सहानीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। जितेन्द्र यादव र पवन सर्राफले २/२ तथा अरनिको यादव र तृत राज दासले १/१ विकेट लिए।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगिताताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]