मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ रनको रोमान्चक जित दर्ता गरेको छ।

बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा छिन्नमस्ताले बुस्टन क्रिकेट एकेडेमी झापालाई पराजित गर्यो।

खेलमा छिन्नमस्ताले दिएको १४१ रनको लक्ष्य पछ्याएको बुस्टनले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १३९ रन बनायो।

बुस्टनका सुजन थपलियाले ७३ रन बनाएता पनि जित्न पर्याप्त रहेन। अभिषेक बस्नेतले १९ रन बनाए। छिन्नमस्ताका बलर विकास दास एक्लैले मात्र १८ रन खर्चेर ५ विकेट लिए भने रेवती रायले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले २० ओभरमा ८ विकेट क्षेतीमा १४० रन बनायो। उसको लागि सुमित श्रेष्ठ ले ४५ तथा रोहन बिकले २८ रन बनाए। बुस्टनका बिनित बास्तोला र कमल खत्रीले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच विकास दास घोषित भए।

प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा मकवानपुर क्रिकेट टिमले विरपुर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिता अन्तर्गत सोमबार हुने एक मात्र खेलमा केसीसी बारा र एससीटि सहर्ष बीच प्रतिस्पर्धा हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]