मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ रनको रोमान्चक जित दर्ता गरेको छ।

बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा छिन्नमस्ताले बुस्टन क्रिकेट एकेडेमी झापालाई पराजित गर्यो।

खेलमा छिन्नमस्ताले दिएको १४१ रनको लक्ष्य पछ्याएको बुस्टनले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १३९ रन बनायो।

बुस्टनका सुजन थपलियाले ७३ रन बनाएता पनि जित्न पर्याप्त रहेन। अभिषेक बस्नेतले १९ रन बनाए। छिन्नमस्ताका बलर विकास दास एक्लैले मात्र १८ रन खर्चेर ५ विकेट लिए भने रेवती रायले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले २० ओभरमा ८ विकेट क्षेतीमा १४० रन बनायो। उसको लागि सुमित श्रेष्ठ ले ४५ तथा रोहन बिकले २८ रन बनाए। बुस्टनका बिनित बास्तोला र कमल खत्रीले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच विकास दास घोषित भए।

प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा मकवानपुर क्रिकेट टिमले विरपुर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिता अन्तर्गत सोमबार हुने एक मात्र खेलमा केसीसी बारा र एससीटि सहर्ष बीच प्रतिस्पर्धा हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy