बिग ब्यास मेलबर्न डर्वी : रेनिगेड्सलाई सहजै हराउँदै स्टार्स अंकतालिकाको तेस्रो स्थानमा

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ४२ औं खेलमा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सले एरोन फिंच कप्तानीको मेलबर्न रेनिगेड्समाथि ६ विकेटको सहज जित दर्ता गरेको छ।

जितसंगै स्टार्स ११ खेलमा समान ५ जित र ५ हारपछि २३ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जारि सिजन ११ खेलमा नवौं हार बेहोरेको रेनिगेड्स भने ९ अंकसहित अंकतालिकाको पुछारमा यथावत रहेको छ।


मेलबर्न स्थित मेलबर्न स्टार्स मैदानमा सम्पन्न खेलमा १५१ रनको मध्यम लक्ष्य पछ्याएको स्टार्सले ५ बल बाँकी रहँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको लागि मार्कस स्टोइनिस (५ चौका र २ छक्का) र निक लार्किनले (५ चौका) समान ३२ बलमा समान सर्वाधिक ४३ रन बनाए। म्याक्स्वेल र निक म्याडिनसनले (अविजित) समान २० तथा हिल्टन कार्टराइटले अविजित १२ रनको योगदान दिए।

अन्तिम २ ओभरमा स्टार्सलाई जितका लागि १५ रनको आवश्यकता रहेको थियो। कार्टराइटले नुर अहमदको १९ औं ओभरमा १ चौका हिर्काउँदै ११ रन बटुलेपछि स्टार्सलाई अन्तिम ओभरमा मात्र ४ रनको खाँचो रह्यो। अन्तिम ओभरको पहिलो बलमै म्याडिनसनले छक्का प्रहार गर्दै स्टार्सलाई जित दिलाएका थिए।

यसअघि पछिल्लो खेलमा विस्फोटक ब्याटिंग गरेका आन्द्रे फ्लेचर ७ रनमा आउट भएपछि स्टोइनिस र लार्किनले दोस्रो विकेटको लागि ३७ रनको साझेदारी गर्दै स्टार्सको इनिंग सम्हाले। स्टोइनिस आउट भएपछि लार्किनले कप्तान म्याक्स्वेलसँग तेस्रो विकेटको लागि ५१ रनको अर्धशतकीय साझेदारी गर्दै स्टार्सलाई जिततर्फ उन्मुख पारे। अन्तिममा म्याडिनसनले १५ बलमा अविजित २० तथा कार्टराइटले ६ बलमा अविजित १२ रन बनाउँदै स्टार्सलाई जितसम्म डोर्याएका थिए।

रेनिगेड्सको बलिंगतर्फ केन रिचार्डसनले (४-०-२४-२) सर्वाधिक २ विकेट लिए भने विल सदरल्याण्ड र पिटर हत्जोग्लूले समान १ विकेट हात पारे।

यसअघि ब्याट फिलिप जितेर ब्याटिंग रोजेको रेनिगेड्सले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १५० रन बनाएको थियो। रेनिगेड्सको ब्याटिंगमा साम हार्परले ५२ बलमा ३ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ६३ रन बनाए। मॅकेन्झी हार्वेले २९, शन मार्शले २४ तथा इमाद वासिमले १५ रनको योगदान दिए।


इनिंगको दोस्रो बलमै म्याक्स्वेलले कप्तान फिंचलाई आउट पारे। त्यसपछि, हार्पर र मार्शले दोस्रो विकेटको लागि ७८ रनको साझेदारी गर्दै रेनिगेड्सको इनिंग सम्हाले। त्यसपछि ७८/१ को स्थितिबाट ब्याटिंग धराशायी बन्दा रेनिगेड्स १५० रनमै समेटिएको थियो।

स्टार्सको बलिंगतर्फ लियाम हैचरले (४-०-२९-३) सर्वाधिक ३ विकेट लिए। जाहिर खान र बिल्ली स्टानलेकले समान २ तथा एडाम जम्पा र कप्तान म्याक्स्वेलले समान १ विकेट हात पारे।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]