एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ।

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्य मन्त्रि हिक्मत कुमार कार्कीले गर्नु भएको थियो।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको विभागीय टोलि त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो।

एपीएफले दिएको १३१ रनको लक्ष्य आर्मीले ३७. २ ओभरमा ८ विकेट गुमाएर भेटायो।

आर्मीको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित नरेन साउदले सर्वाधिक ६४ रन योगदान दिए जुन क्रममा उनले ८४ बलमा ७ चौका प्रहार गरे। सुमित श्रेष्ठले अविजित २१ रन बनाए जुन क्रममा ६५ बलमा २ चौका प्रहार गरे। पवन कार्कीले अविजित १० रन बनाए। कप्तान बिनोद भण्डारीले ८ रन, जितेन्द्र सिंह ठकुरीले ९ रन, इमरान शेखले ६ रन बनाउदा हिमांशु दत्ता र निश्चल क्षेत्रीले खाता खोल्न सकेनन्।

६८ रनमा ७ विकेट गुमाएको अवस्थाबाट नरेन साउदले सुमित श्रेष्ठसंग आठौँ विकेटको लागि ४० रनको साझेदारी गरे। नरेनको विकेटपछि श्रेष्ठले पवन कार्कीसंग नवौं विकेटको लागि २६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

एपीएफको बलिंगमा देब्रे हाते स्पिनर दिवान पुनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै १९ रन खर्चिए। बिकाश आग्री र भुवन कार्कीले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले ४४. ३ ओभरमा १३० रनमा सबै विकेट गुमायो। उसको लागि प्रकाश जैसीले सर्वाधिक ३४ रन बनाए। कप्तान भुवन कार्कीले २५, दिपक बोहराले १६, अविशेक पालले १२ तथा आयुष्मान बमले ११ रन बनाए।

आर्मीको बलिंगमा देब्रे हाते पेसर दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ७ ओभरमा १ मेडन ओभर गर्दै १७ रन खर्चिए। नरेन साउद र बिशाल सुश्लिंगले समान २ विकेट तथा तुल बहादुर थापा र पवन कार्कीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार हुने दोश्रो खेलमा एपीएफ र बागमती प्रदेश प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]