एमएम कप तेस्रो संस्करणको प्रत्यक्ष प्रसारणको जिम्मा एक्सन स्पोर्ट्सलाई

मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप) को तेस्रो संस्करणको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने भएको छ।

यस वर्षको एमएम कप ३ को सम्पूर्ण डिजिटल राईटस र प्रत्यक्ष प्रसारणको जिम्मा एक्सन् स्पोर्ट्सलाई दिईएको छ । सोमबार एक कार्यक्रमका विच आयोजक एमएमकपका निर्देशक विप्लब घोष र एक्सन स्पोर्टस सञ्चालन गर्दै आएको ओर्जिनल ईन्टरटेन्मेन्ट (ओइपिएल) का अध्यक्ष दयाराम पाण्डेयले तीन वर्षका लागि प्रत्यक्ष प्रसारणको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वैशाखको तेश्रो साता आयोजना हुने प्रतियोगिता काठमाडौंको त्रिवी क्रिकेट मैदान किर्तिपुर र मूलपानीमा हुनेछ । तथापी प्रतियोगिताको खेलतालिका भने सार्वजनिक गरिएको छैन।

प्रतियोगिताको यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा भएको थियो। प्रतियोगितामा सात प्रदेश र तीन विभागिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । गत वर्ष मलेसियाको राष्ट्रिय क्रिकेट टिमले समेत प्रतियोगितामा सहभागिता जनाएको थियो।

पछिल्लो समय एक्सन स्पोर्टस् टेलिभिजनले गौतम बुद्ध कप, स्टार क्रिकेट, प्रधानमन्त्री कप, मेयर्स कप लगायतको प्रतियोगिता प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

धरैले पढेको 

https://wicketnepal.com/rashtriy-crik-parishramik-paune-wn21/

https://wicketnepal.com/rashtriy-cric-lai-dav-le-training/

https://wicketnepal.com/lalitpur-mayor-womens-champ-chaitra-21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy