अन्तिम बलसम्म पुगेको सनसनीपूर्ण खेलमा प्रदेश-४ संग एपीएफ स्तब्ध

  • विकेटनेपाल, पुष २८ – शनिवार

मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) लाई प्रदेश नम्बर-४ ले सनसनीपूर्ण खेलमा १ विकेटले पराजित गरेको छ।

समुह ‘डी’ अन्तर्गतको पहिलो खेलमा हिजो एपीएफले प्रदेश नम्बर-१ लाई पराजित गरेको थियो। तर निकै रोमाञ्चक खेलमा आज एपीएफलाई प्रदेश ४ ले पराजित गरेपछि तीन मध्ये सेमिफाइनल पुग्ने एक टिमको छिनोफानो भोली हुनेछ।

आइतबार प्रदेश-४ र प्रदेश-१ बीचको खेलपछि समूह विजेता बन्दै सेमिफाइनल पुग्ने टिमको निर्णय हुनेछ। यदी प्रदेश-४ ले प्रदेश-१ लाई पराजित गरेमा प्रदेश-४ सेमिफाइनल प्रवेश गर्नेछ भने प्रदेश-१ ले जितेको खण्डमा ३ टिममध्ये नेट रनरेटमा उत्कृस्ट हुने टिम सेमिफाइनल पुग्नेछ।

एपीएफको ब्याटिङ

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको एपीएफका ओपनर प्रज्वल शाहीलाई किशोर महतोले खाता नखोल्दै पेभेलियन फर्काए। त्यसपछि दोश्रो विकेटको लागि अनिल साह र आसिफ शेखले ४२ रनको साझेदारी गरे।

दोश्रो विकेटको रुपमा आसिफ १८ रन बनाएर आउट भएपछि एपीएफले लगातार विकेट गुमाउन पुग्यो। पुरन बिक (५) , अनिल साह (२६) , शंकर राना (५) आउट हुँदा एपीएफ २१.३ ओभरमा ७६/५  को अवस्थामा पुग्यो।

त्यसपछि कप्तान भुवन कार्की र सुमित महर्जनले छैठौं विकेटको लागि ३४ रनको साझेदारी गरे। सुमित १५ रन बनाएर आउट भएपछि भुवनले सातौँ विकेटको लागि अमर सिंह रौटेलासंग ४४ रनको साझेदारी गरे।

भुवन ३६ रन (६० बलमा ३ चौका) बनाएर तथा अमर पनि २८ रन बनाएर आउट हुँदा १६७/९ को अवस्थामा पुगेको एपीएफको योगफललाई १० औं नम्बरमा ब्याटिङ गरेका इरशाद एहमदले अविजित ३० रन बनाएर २०० पार गराए। उनले २४ बलमा २ चौका र १ छक्का प्रहार गरेपछि एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २१५ रनको योगफल तयार गरेको थियो। यस्तै प्रदेश-४ ले २३ रन अतिरिक्तको रुपमा दियो।

प्रदेश नम्बर-४ को लागि बलिङमा किशोर महतो ( १०-१-३५-२ ) , सन्तोष न्यौपाने ( १०-१-२९-२ ) तथा अमृत गुरुङ ( ४-०-२८-२ ) ले २/२ विकेट लिए। यस्तै बिपिन खत्री ( १०-१-३९-१ ) , राजु गुरुङ ( १०-१-२८-१ ) र बिधान श्रेष्ठ ( २-०-१९-१ ) ले १/१ विकेट लिए।

प्रदेश नम्बर-४ को सनसनीपूर्ण जित , बिधान र अनिलको अर्धशतक 

२१६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-४ ले राम्रो सुरुवात गर्यो। ओपनर अनिल गुरुङ र सुमन घिमिरेले पहिलो विकेटको लागि ४७ रन जोडे।

सुमन १७ रन बनाएर आउट भएपछि अनिल र बिधानले योगफल अघि बढाए। ४० रन बनाएर ब्याटिङ गरि रहंदा खुट्टा बाउँडिन पुग्दा अनिल रिटायर्ड हर्ट हुँदै मैदान छोड्न पुगे। त्यसपछि उनको स्थानमा आएका आकास थापा खाता नखोली आउट भए।

बिधान श्रेष्ठ पनि ३५औं ओभरमा अर्धशतक पुरा गरे पछि पेभेलियन फर्किए। ८१ बलमा १० चौका प्रहार गरेका बिधानलाई अनिल साहले क्याच आउट गराए।

Bidhan Shrestha
Bidhan Shrestha

बिधान श्रेष्ठको विकेट जाँदा ३४.१ ओभरमा प्रदेश-४ टिम १४९/४ को स्थितिमा पुगेको थियो। त्यसपछि किशोर महतो ५ रन बनाएर आउट हुँदा १६३/५ ( ३६.२ ) पुग्यो।

छैठौं विकेटको लागि छ नम्बरमा ब्याटिङ गरेका मन्जिल न्यौपाने र रिटायर्ड हर्ट पछि पुनः ब्याटिङ गर्न आएका अनिल गुरुङ्गले ४० रनको साझेदारी गर्दा टिमले २०० रन पार गर्यो। तर अनिल ६४ रन बनाएर आउट हुँदा प्रदेश-४ ले लगातार विकेट गुमायो। अनिलले ९० बलमा १० चौका प्रहार गरे।

धैर्यतापुर्वक ब्याटिंग गरिरहेका मन्जिल न्यौपाने पनि ३१ रन ( ४३ बलमा ४ चौका ) बनाएर आउट भए भने अमृत गुरुङ्ग ३ रन तथा बिपिन खत्री १ रन बनाएर आउट हुँदा प्रदेश-४ ४७.३ ओभरमा २०८/९ को अवस्थामा पुग्यो।

 

अन्तिम बलमा चौका र जित 

जितको लागि १५ बलमा ८ रन बाँकी थियो र साथमा १ विकेट। त्यो अवस्थामा ४९ औं ओभर बलिङ गर्ने क्रममा अनिल साहले कसिलो बलिङ्ग गर्दा खेल अन्तिम ओभरसम्म पुगेको थियो।

अन्तिम ओभरमा जितको लागि प्रदेश-४ लाई ४ रन आवस्यक थियो र क्रिजमा थिए मेख बहादुर सेन र राजु गुरुङ्ग। बलिङ्ग गर्न आएका थिए एपीएफका तिब्र गति बलर कमल सिंह ऐरि।

कमलले ओभरको पहिलो ३ बलमा रन नै दिएनन्। त्यसपछि चौथो बलमा बाईको रुपमा १ रन पाउदा स्ट्राईकमा मेख बहादुर आई पुगे। टिमलाई २ बलमा अब ३ रन आवस्यक थियो। ओभरको पाँचौ बलमा मेखले २ रन लिएपछि खेल जित्न अन्तिम बलमा प्रदेश ४ लाई १ रन आवस्यक रह्यो।

अन्तिम बलमा मेखले नजिक रहेका एपीएफ फिल्डरहरुलाई छकाउदै चौका प्रहार गरे र टिमलाई रोमान्चक जित दिलाए। यु-१६ राष्ट्रिय क्रिकेटर समेत रहेका मेखले अविजित ७ रन ( ६ बलमा १ चौका ) र राजुले अविजित ४ रन ( ११ बल ) बनाए।

Mekh Bahadur Sen

एपीएफकको लागि बलिङ्गमा अनिल साहले सर्वाधिक ४ विकेट ( १०-१-४३-४ ) लिए। यस्तै कमल सिंह ऐरि ( ८-०-३८-१ ) , यज्ञमान कुमाल ( ५-०-३६-१ ) , भुवन कार्की ( १०-०-३४-१ ) र अमर सिंह रौटेला ( ८-०-२०-१ ) ले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिधान श्रेष्ठ चुनिए जसले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको समुह ए र बिको विजेताको रुपमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान बनाईसकेका छन्।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

( समाचार श्रोत – रोशन मण्डल )

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]