मलेसिया राष्ट्रिय क्रिकेट टिमले नेपालको घरेलु एकदिवसीय प्रतियोगिता खेल्ने

इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश-१ कमिटीको संयुक्त आयोजनामा दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेदेखि सुनसरीको इनरुवामा हुने भएको छ।

बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको दोश्रो संस्करणको घोषणा भएको हो। प्रतियोगिताको गत संस्करण पनि पुष/माघमा आयोजना भएको थियो जसको उपाधि त्रिभुवन कार्मी क्लबले जितेको थियो। गत संस्करण प्रतियोगिताको सफल आयोजना हुँदा इनरुवा रंगशालाको पिचले प्रसंशा पाएको थियो जसमा ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गरेका थिए।

इनरुवा रंगशालामा हुने प्रतियोगिताको दोश्रो संस्करणको विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टिमले समान ३० हजार नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ३ हजार ५ सय नगद प्रदान गरिने छ । ‘म्यान अफ द सिरिज’ लाई नगद ५५ हजारबाट पुरस्कृत गरिने छ।

प्रतियोगिता घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेश शिलवाल

मलेसियाको राष्ट्रिय टिम पनि खेल्ने 

नेपाली घरेलु क्रिकेटमा पहिलो पटक मलेसियाको राष्ट्रिय क्रिकेट टिमले पनि सहभागिता जनाउने भएको छ। कुनै पनि विदेशी टिमले नेपालको घरेलु प्रतियोगिता खेल्न लागेको यो नै पहिलो पटक हो। विदेशी खेलाडीहरु नेपाली लिग खेल्नु सामान्य भएता पनि टिम आएर खेल्नु उत्साहजनक मानिएको छ। मलेसिया टि-२० अन्तर्राष्ट्रिय वरियतामा २८ औं स्थानमा रहेको टिम हो।

प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ), सात प्रदेश तथा मलेसियाको राष्ट्रिय टिम र आयोजक गरी १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता निर्देशक विप्लव घोषले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ। समुह चरणमा सबै टिमले एक अर्कासंग १-१ खेल खेलेपछि समूहको शीर्ष टिम सोझै सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिता सञ्चालन गर्न एक करोड पच्चीस लाख २ हजार ५ सय खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। पुष १५ गते सुरु हुने प्रतियोगिताको फाइनल माघ ४ गते हुने छ।

गत सिजन एमएम कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले धेरै भन्दा धेरै एक दिवसीय क्रिकेटको आवश्यकता रहेका बेला त्यही फर्मेटको क्रिकेट गर्न गइरहेकोमा आयोजकलाई धन्यवाद दिदै प्रतियोगिताले इनरुवालाई चिनाउन अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इनरुवा नगरपालिका मेयर राजन मेहताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने वचन दिए ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले पुरुष क्रिकेट आयोजना गर्दै आइरहेकोमा अब महिला क्रिकेट आयोजनामा पनि सेन्टरले ध्यान दिइरहेको बताए ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]