बल्ल आयोजना हुने भयो ५० ओभर प्रतियोगिता – एमएम कपको घोषणा

२०७५ मंसिर ११, मंगलवार १२:४९

  • विकेटनेपाल, मङ्सिर ११ 

नेपालमा धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरि ३ वटा ठुला टि-२० प्रतियोगिता आयोजना भइरहेका छन् भने एकमात्र एकदिवसीय प्रतियोगिता प्रधानमन्त्रि कप रास्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रत्येक बर्ष आयोजना भइरहेको छ। त्यसबाहेक एकदिवसीय प्रतियोगिताहरुनै नहुँदा खेलाडीहरुको सिप विकासमा प्रत्यक्ष असर परिरहेको छ।

५० ओभर प्रतियोगिताको अभावलाई पूर्ति गर्न पहिलो संस्करणको ‘एमएम कप’ अर्थात मनमोहन कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस २१ देखि माघ ७ गतेसम्म इनरुवामा हुने भएको छ।

शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्।

यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन्।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको तर एकदिवसीय प्रतियोगिताहरु भने कम आयोजना भइरहेको अवस्थालाई मध्ये नजर गर्दै प्रतियोगिता गर्न लागिएको सम्मेलनमा जानकारी दिइयो। राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले काठमाडौँ बाहिर ठूलो प्रतियोगिता हुन लागेको कारण राखेपले भौतिक र आर्थिक सहयोग गर्ने बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले स्थानीय क्लबले ५० ओभरको खेल खेलाउन महत्वपूर्ण भएको बताउँदै राष्ट्रिय टोलीकातर्फबाट आवश्यक सहयोग गर्ने बताए।

विकेटनेपाललाई बिशेष श्रोतबाट जानकारी भए अनुसार राष्ट्रिय खेलकुद परिषदले २ दिवसीय प्रतियोगिता छिट्टै आयोजना गर्नेछ जसको अन्तरिक तयारीमा परिषद रहेको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy