एमएम कप : रोहित पौडेल र शाहब आलमको उत्कृस्ट योगदान : आर्मीको सहज जित

  •  विकेटनेपाल , पुष – २४ , मंगलबार

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेल सुरु भएको छ। समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा रोहित पौडेलको उत्कृस्ट प्रदर्शन मदतले त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर-३ लाई ११८ रनले पराजित गरेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा आर्मीले ५० ओभरमा ५ विकेट गुमाएर २८८ रन बनाएको थियो।

आर्मीको लागि सर्वाधिक योगदान दिने क्रममा राष्ट्रिय क्रिकेटर रोहित पौडेलले सर्वाधिक अविजित ८० रन बनाए। विस्फोटक ब्याटिंग गरेका पौडेलले ४९ बलमा ४ छक्का र ६ चौका प्रहार गरे। यस्तै भिम सार्कीले पनि ७१ रन तथा कप्तान बिनोद भण्डारीले ४८ रन बनाए।

रोहितलेले तेश्रो विकेटको लागि भिम सार्कीसंग ७८ रनको साझेदारी गरे। भिमको विकेट पछि चौथो विकेटको लागि रोहितले हरि चौहानले ६८ रनको साझेदारी गरे।

प्रदेश नम्बर-३ बलर प्रतिस जिसी ( १०-१-४७-२ ) र जितेन्द्र ठकुरीले ( ८-१-४७-२ )समान २/२ विकेट तथा सुर्य तामांगले १ विकेट ( १०-०-४१-१ ) लिए।

२८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर-३ ले ३६.२ ओभरमा सबै विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो।

यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका इशान पाण्डेले ७५ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले अर्को किनारमा साथ नदिदा टिम जितसम्म पुग्न सकेन। पाण्डेले ९१ बलमा १२ चौका र १ छक्का प्रहार गरे।

आदील खानले ३२, जितेन्द्र ठकुरी र सोनु तामांगले  १६/१६ रन बनाए।

आर्मीका बलर देब्रे हाते स्पिनर शाहब आलमले ४ विकेट लिंदै प्रदेश नम्बर-३ को लागि घातक बन्न पुगे। उनले ५.२ ओभर बलिङ्ग गर्दा उनले १ मेडन ओभर सहित १४ रन मात्रै खर्चिए। यस्तै बिक्रम सोब ( ५-०-३२-२ ) र जितेन्द्र मुखियाले ( ५-१-२०-२ ) पनि २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रोहित पौडेल घोषित भए। प्रतियोगिता अन्तर्गत भोलि आर्मी र प्रदेश नम्बर-६ बीच खेल हुनेछ।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन्।

( समाचार र फोटो श्रोत – इनरुवा अनलाइन )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy