बिनोद लामाले उत्कृस्ट बलिंग गर्दा सुदुरपश्चिम एमएम कपको सेमीफाइनलमा

सुदुर पश्चिम प्रदेश इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। आइतबार गण्डकी प्रदेश बिरुद्ध ९ विकेटको सहज जितको साथ सुदुरपश्चिम समुह ‘डी’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। सुदुरपश्चिमले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ। माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।

गण्डकीलाई पराजित गर्ने क्रममा टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदुरपश्चिमले मात्र १ विकेट गुमाएर १०.२ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

सुदुरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए भने खडक बोहराले अविजित १६ रन तथा अरुन ऐरीले अविजित १० रन बनाए। गण्डकी प्रदेशको लागि १ मात्र विकेट दिपेश खत्रीले लिए।

Binod Lama

यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा ६४ रनमै सबै विकेट गुमाएको थियो।

गण्डकीलाई सानो योगफलमा सिमित गर्न सुदुर पश्चिमका देब्रे हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए। लामाले अघिल्लो खेलमा मलेसिया बिरुद्ध पनि ४ विकेट लिएका थिए। ७ विकेट हात पार्ने क्रममा लामाले ९.३ ओभर बलिंग गर्दै २ मेडन ओभर सहित १४ रन मात्र खर्चिए। यस्तै अफ स्पिनर शेर मल्लले २ तथा तिब्र गति बलर बिक्रम ठगुन्नाले १ विकेट लिए।

गण्डकी प्रदेशको लागि ओपनिंग ब्याटिंग गरेका किशोर महतोले सर्वाधिक १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। दिपेश खत्री १  , बिधान श्रेष्ठ ६, मुस्कान थापा ७, आकाश थापा ० , सुबास भण्डारी ९ , गोभिन्द प्रधान ५ , बिशाल पौडेल ३, दिपेश श्रेष्ठ ५ तथा अमृत गुरुङ खाता नखोली आउट भए।

खेलको प्लेयर अफ द म्याच बिनोद लामा चुनिए।

प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]