बिनोद लामाले उत्कृस्ट बलिंग गर्दा सुदुरपश्चिम एमएम कपको सेमीफाइनलमा

२०७६ पुष २७, आईतवार १२:४७

सुदुर पश्चिम प्रदेश इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। आइतबार गण्डकी प्रदेश बिरुद्ध ९ विकेटको सहज जितको साथ सुदुरपश्चिम समुह ‘डी’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। सुदुरपश्चिमले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ। माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।

गण्डकीलाई पराजित गर्ने क्रममा टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदुरपश्चिमले मात्र १ विकेट गुमाएर १०.२ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

सुदुरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए भने खडक बोहराले अविजित १६ रन तथा अरुन ऐरीले अविजित १० रन बनाए। गण्डकी प्रदेशको लागि १ मात्र विकेट दिपेश खत्रीले लिए।

Binod Lama

यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा ६४ रनमै सबै विकेट गुमाएको थियो।

गण्डकीलाई सानो योगफलमा सिमित गर्न सुदुर पश्चिमका देब्रे हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए। लामाले अघिल्लो खेलमा मलेसिया बिरुद्ध पनि ४ विकेट लिएका थिए। ७ विकेट हात पार्ने क्रममा लामाले ९.३ ओभर बलिंग गर्दै २ मेडन ओभर सहित १४ रन मात्र खर्चिए। यस्तै अफ स्पिनर शेर मल्लले २ तथा तिब्र गति बलर बिक्रम ठगुन्नाले १ विकेट लिए।

गण्डकी प्रदेशको लागि ओपनिंग ब्याटिंग गरेका किशोर महतोले सर्वाधिक १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। दिपेश खत्री १  , बिधान श्रेष्ठ ६, मुस्कान थापा ७, आकाश थापा ० , सुबास भण्डारी ९ , गोभिन्द प्रधान ५ , बिशाल पौडेल ३, दिपेश श्रेष्ठ ५ तथा अमृत गुरुङ खाता नखोली आउट भए।

खेलको प्लेयर अफ द म्याच बिनोद लामा चुनिए।

प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy