भारतीय क्लब सुपौल बिरुद्ध प्रदेश ७ पराजित : एमएम कप

  • विकेटनेपाल – २ माघ, बुधवार

सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा भारतीय क्लब सुपौलले प्रदेश नम्बर ७ लाई १ विकेटले पराजित गरेको छ। क्लबलाई जित दिलाउन विश्वजितले अलराउन्ड प्रदर्शन गरे।

बुधवार बिहान टस जितेर ब्याटिंग गर्न उत्रिएको प्रदेश नम्वर ७ ले ४२ ओभरमा सबै १० विकेट गुमाएर १८४ रन मात्र जोड्न सकेको थियो । प्रदेश ७ का लागि ओपनर बिपिन रावलले अर्ध-शतकीय पारी खेल्ने क्रममा ५३ रन जोडेपनि अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

अर्ध-शतक जोड्ने क्रममा बिपिनले ५४ बलमा ५ चौका र १ छक्का सहित ५३ रन जोडेका थिए। यस्तै रोशन अधिकारीले २५, लोकेश बमले २२ र नारायण जोशीले २१ रन जोडेपनि पाएको सुरुवातलाई सदुपयोग गर्न चुकेका थिए।

भारतीय क्लब सुपौलको बलिंगमा खेलको प्लेयर अफ दि म्याच बनेका विश्वजितले सर्वाधिक ४ विकेट लिएका थिए। निर्धारित १० ओभरको कोटामा विश्वजितले १ मेडन सहित ५३ रन खर्चेर ४ विकेट चट्काए। यस्तै शिवनभ राजाको नाममा २ विकेट रह्यो।

जवाफमा १८५ रनको लक्ष्य सुपौलले ३८ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो। टोलीलाई जिताउन सौरभ गिल्लीले ४३ तथा विश्वजितले अविजित २० रन जोडे। मात्र ३५ बलमा गिल्लीले ४ चौका र ४ छक्का सहित ४३ रन प्रहार गरेका थिए। यस्तै विश्वजितले सम्हालिएर ब्याटिंग गर्दै २० बलमा २ चौका र १ छक्का सहित २० रन जोडेका थिए।

सानो लक्ष्यको रक्षा गर्ने क्रममा प्रदेश नम्बर ७ ले उत्कृस्ट बलिंग गरेपनि सफल हुन सकेन। टोलीको बलिंगतर्फ शेर मल्लले ४ विकेट ( १०-०-५३-४ ) हात पारेका थिए। यस्तै बिनोद लामाको नाममा ३ विकेट ( १०-१-३१-३ ) रहेपनि टोलीलाई जित दिलाउन सकेनन्।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]