महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट : सप्तरी, पर्सा र बारा सेमीफाइनलमा

राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता सेमिफाईनलमा सप्तरी तथा पर्सा र बारा प्रवेश गरेका छन।

आइतबार लिग चरणकाे तीन वटा खेल सम्पन्न भएकाे पहिलाे खेलमा सप्तरीले धनुषा लाई ३ बिकेटले, दाेस्राे खेलमा पर्साले सर्लाही लाई ४ बिकेट ले र तेस्राे खेलमा हराउदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

उता यस अघि सिरहा क्रिकेट टिम ले नेट रन रेटकाे आधारमा सेमिफाईलमा प्रवेश गरिसकेका छन्।

पहिलाे खेलमा धनुषाले टस जितेर निर्धारित १५ अाेभरकाे खेलमा ८ बिकेट गुमाएर ९३ रनकाे याेगफल खडा गरेको थियो।जसमा राैनक रत्नमले सर्वाधिक ३८ रन, हिमान्सु दत ले ३१ रन जाेडेका थिए। बलिंग तर्फ सप्तरीका राेहित सिँह ले किफायती बलिंग गर्दै ३ अाेभरमा ५ रन दिएर ४ बिकेट हात पारे भने राहुल मण्डल ३ र महबुव अालम ले १ बिकेट लिए।

जवाफमा सप्तरी ले १३ अाेभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पार्यो।

जसमा अमित यादब ले उत्कृष्ट ब्याटींग गर्दै ६ छक्का र १ चाैका काे मदत ले ४३ रन बनाएपछि सप्तरी जित नजिक पुगेको थियो। टिमलाई जित दिलाउन बिवेक यादब १६ रन र नितेश यादब ले १३ रन अविजित खेलपछि टिमका लागि जित सहज भएकाे हाे।

यता बलिंगतर्फ धनुषा का बिक्रान्त यादब र अाकाश राय २/२ बिकेट र दिब्यान्सु मलिक तथा विशाल सुश्लिंग ले १/१ बिकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच राेहित सिँह घाेषित भएका थिए।

यसैगरी पर्सा र सर्लाही बिच भएकाे दाेस्राे खेलमा टस जितेर सर्लाही ले टस जितेर ७ बिकेट गुमाई १ सय २० रनकाे याेगफल खडा गरेका थिए। जसमा विशाल पटेल उत्कृष्ट ब्याटिंग गर्दै ३७ रन बनाउदै अबिजित रहे भने अलि हुसेन ले २६ रन साैरभ सुमन २१ रन र राहुल महताे ले २० रन जाेडेका थिए।

बलिंग तर्फ पर्साका नसरूद्विन अन्सारी ३ बिकेट ब्याश यादब, अलफाज मन्सुरी र सम्साद अन्सारी ले १/ १ बिकेट लिएका थिए।

जवाफमा पर्साले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारे सँगै सेमिफाईनलमा प्रवेश  गरेको छ। जसमा ईमरान शेख ५७ रन, सुरज पटेल २१ र संताेष कार्कि तथा हासिम अन्सारी ले ११/११ रन बनाएका थिए।

बलिंग तर्फ सर्लाहीका चक्रधर र अाशिष महताे २/२ बिकेट र विशाल पटेल र सन्दिप खडका १/१ बिकेट हात पारे।

खेलकाे म्यान अफ दि पर्साका म्याच ईमरान शेख घाेषित भएका थिए।

त्यस्तै तेस्राे चरणकाे खेल अन्तर्गत बारा र राैतहट बिच भएकाे खेलमा टस जितेर राैतहट ले टस जितेर ब्याटिंग गर्दै
७ बिकेट गुमाएर १ सय २ रन बनाएको थियो। जसमा अरबिन्द जसवाल ३६ रन, रणबिर यादब १९ रन, अस्चल चाैधरी १३ रन र नितेश यादब ले १३ रन अविजित रहेका थिए ।बलिंग तर्फ बारा का तिर्थ राज दास ३ र कुमार थापा २ र अरनिकाे यादब १ बिकेट लिए।

जवाफ मा बारा ले १४ अाेभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि राैतहट ले जित हात पारेकाे हाे। जसमा रबी साह ३८ रन, तिर्थराज दास र मेघराज महरा ले १७/१७ रन जाेडेका थिए।

बलिंग तर्फ रा‌ैतहटका रंजित मुखिया ले किफायति बलिंग गर्दै ४ बिकेट लिएपछि जित सहज भएकाे थियाे भने टिमका शनि साह २ बिकेट तथा नितेश यादब, नरेश साह, सागर पासवान र शुभम साह ले १/१ बिकेट हात पारेका थिए।

यता राैतहट ले जित हात पारेपनि रन रेट काे अाधारमा बारा सेमिफाईनलमा प्रवेश गरेका छन।

उक्त खेलकाे म्यान अफ दि म्याच राैतहट टिमका रंजित मुखिया घाेषित भए।

भाेलीकाे पहिलाे सेमिफाईनल खेल सप्तरी र बारा तथा सिरहा र पर्सा बिच हुने सप्तरी क्रिकेट सँघ का शंभु दासले जानकारी दिएका छन।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]