महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट : सप्तरी, पर्सा र बारा सेमीफाइनलमा

२०७९ असार १९, आईतवार २१:३२

राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता सेमिफाईनलमा सप्तरी तथा पर्सा र बारा प्रवेश गरेका छन।

आइतबार लिग चरणकाे तीन वटा खेल सम्पन्न भएकाे पहिलाे खेलमा सप्तरीले धनुषा लाई ३ बिकेटले, दाेस्राे खेलमा पर्साले सर्लाही लाई ४ बिकेट ले र तेस्राे खेलमा हराउदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

उता यस अघि सिरहा क्रिकेट टिम ले नेट रन रेटकाे आधारमा सेमिफाईलमा प्रवेश गरिसकेका छन्।

पहिलाे खेलमा धनुषाले टस जितेर निर्धारित १५ अाेभरकाे खेलमा ८ बिकेट गुमाएर ९३ रनकाे याेगफल खडा गरेको थियो।जसमा राैनक रत्नमले सर्वाधिक ३८ रन, हिमान्सु दत ले ३१ रन जाेडेका थिए। बलिंग तर्फ सप्तरीका राेहित सिँह ले किफायती बलिंग गर्दै ३ अाेभरमा ५ रन दिएर ४ बिकेट हात पारे भने राहुल मण्डल ३ र महबुव अालम ले १ बिकेट लिए।

जवाफमा सप्तरी ले १३ अाेभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पार्यो।

जसमा अमित यादब ले उत्कृष्ट ब्याटींग गर्दै ६ छक्का र १ चाैका काे मदत ले ४३ रन बनाएपछि सप्तरी जित नजिक पुगेको थियो। टिमलाई जित दिलाउन बिवेक यादब १६ रन र नितेश यादब ले १३ रन अविजित खेलपछि टिमका लागि जित सहज भएकाे हाे।

यता बलिंगतर्फ धनुषा का बिक्रान्त यादब र अाकाश राय २/२ बिकेट र दिब्यान्सु मलिक तथा विशाल सुश्लिंग ले १/१ बिकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच राेहित सिँह घाेषित भएका थिए।

यसैगरी पर्सा र सर्लाही बिच भएकाे दाेस्राे खेलमा टस जितेर सर्लाही ले टस जितेर ७ बिकेट गुमाई १ सय २० रनकाे याेगफल खडा गरेका थिए। जसमा विशाल पटेल उत्कृष्ट ब्याटिंग गर्दै ३७ रन बनाउदै अबिजित रहे भने अलि हुसेन ले २६ रन साैरभ सुमन २१ रन र राहुल महताे ले २० रन जाेडेका थिए।

बलिंग तर्फ पर्साका नसरूद्विन अन्सारी ३ बिकेट ब्याश यादब, अलफाज मन्सुरी र सम्साद अन्सारी ले १/ १ बिकेट लिएका थिए।

जवाफमा पर्साले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारे सँगै सेमिफाईनलमा प्रवेश  गरेको छ। जसमा ईमरान शेख ५७ रन, सुरज पटेल २१ र संताेष कार्कि तथा हासिम अन्सारी ले ११/११ रन बनाएका थिए।

बलिंग तर्फ सर्लाहीका चक्रधर र अाशिष महताे २/२ बिकेट र विशाल पटेल र सन्दिप खडका १/१ बिकेट हात पारे।

खेलकाे म्यान अफ दि पर्साका म्याच ईमरान शेख घाेषित भएका थिए।

त्यस्तै तेस्राे चरणकाे खेल अन्तर्गत बारा र राैतहट बिच भएकाे खेलमा टस जितेर राैतहट ले टस जितेर ब्याटिंग गर्दै
७ बिकेट गुमाएर १ सय २ रन बनाएको थियो। जसमा अरबिन्द जसवाल ३६ रन, रणबिर यादब १९ रन, अस्चल चाैधरी १३ रन र नितेश यादब ले १३ रन अविजित रहेका थिए ।बलिंग तर्फ बारा का तिर्थ राज दास ३ र कुमार थापा २ र अरनिकाे यादब १ बिकेट लिए।

जवाफ मा बारा ले १४ अाेभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि राैतहट ले जित हात पारेकाे हाे। जसमा रबी साह ३८ रन, तिर्थराज दास र मेघराज महरा ले १७/१७ रन जाेडेका थिए।

बलिंग तर्फ रा‌ैतहटका रंजित मुखिया ले किफायति बलिंग गर्दै ४ बिकेट लिएपछि जित सहज भएकाे थियाे भने टिमका शनि साह २ बिकेट तथा नितेश यादब, नरेश साह, सागर पासवान र शुभम साह ले १/१ बिकेट हात पारेका थिए।

यता राैतहट ले जित हात पारेपनि रन रेट काे अाधारमा बारा सेमिफाईनलमा प्रवेश गरेका छन।

उक्त खेलकाे म्यान अफ दि म्याच राैतहट टिमका रंजित मुखिया घाेषित भए।

भाेलीकाे पहिलाे सेमिफाईनल खेल सप्तरी र बारा तथा सिरहा र पर्सा बिच हुने सप्तरी क्रिकेट सँघ का शंभु दासले जानकारी दिएका छन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy