मोहम्मद आमिरलाई छोड्दै पाकिस्तानले घोषणा गर्यो विश्वकपको लागि टिम

  • विकेटनेपाल, बैशाख ५ – बिहिबार

सन् २०१९ को मे ३० तारिख देखि इंग्ल्याण्ड र वेल्समा आयोजना हुने एकदिवसीय विश्वकपको लागि पाकिस्तानले आफ्नो टिम घोषणा गरेको छ। यस अघि न्युजिल्यान्ड, इंग्ल्याण्ड, भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशले समेत आफ्नो टिम घोषणा गरिसकेका छन्।

पाकिस्तानको टिममा सन् २०१७ मा इंग्ल्याण्डमा नै भएको च्याम्पियन्स ट्रफी जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका देब्रे हाते तिब्र गतिका बलर मोहम्मद आमिर अटाउन सकेनन्। उनिसँगै फिनिसरको रुपमा पछिल्लो समय जिम्मेवारी निर्वाह गर्दै आएका आसिफ अलि र मोहम्मद रिजवान समेत टिममा छैनन्।

मोहम्मद आमिर च्याम्पियन्स ट्रफी फाइनलमा विराट कोहलीको विकेट लिएपछि

पाकिस्तानको लागि एकदिवसीय डेब्युमा सर्बाधिक ठुलो योगफल बनाउने रेकर्ड बनाएका अबिद अलि तेस्रो ओपनरको रुपमा टिममा परेका छन्। पहिलो रोजाईका दुई ओपनरको रुपमा च्याम्पियन्स ट्रफीको फाइनलमा शतक बनाएका फकर जमान र इमाम उल हक रहेका छन्। अबिद अलिले यहि मार्चमा अष्ट्रेलिया बिरुद्द डेब्यु गर्दै ११२ रन बनाएका थिए। डेब्यु गर्नुअघि नै उनको नाममा ६७०० भन्दा धेरै प्रथम श्रेणी र ३००० भन्दा माथि लिस्ट ए रन थिए।

टिममा १८ बर्षका मोहम्मद हस्नैन समेत परेका छन्। मुख्य छनोटकर्ता तथा पुर्व कप्तान इन्जमाम उल हकको भनाईमा १५० को गतिमा बलिंग गर्न सक्ने हस्नैन मोहम्मद आमिर र उस्मान खान सेनावारीलाई पछाडी पार्दै टिममा अटाएका हुन्।

अनुभवी ब्याट्सम्यान मोहम्मद हाफिज पनि टिममा अटाएका छन् तर उनको पाकिस्तान सुपर लिगको बेला हातमा लागेको चोट निको भैएकको छैन। यदि फिटनेस टेस्टमा फेल भए टिमबाट हट्नेछन्। ब्याटिंगमा हाफिजसँगै ह्यारिस सोहेल, शोएब मल्लिक र कप्तान सर्फराज अहमदले मध्यक्रम सम्हाल्नेछन्।

त्यस्तै अलराउण्डरको रुपमा इमाद वासिम, शदाब खान र फहीम अश्रफ टिममा रहेका छन्।

आसिफ अलिले सन् २०१७ मा पोखरा राइनोजबाट ईपिएल समेत खेलेका थिए

मोहम्मद आमिर र आसिफ अलिले टिममा पुनरागमनको लागि एक अवसर भने पाउनेछन्। आइसीसीको नियमअनुसार उसको अनुमती बिनानै मे २३ तारिखसम्म टिममा परिवर्तन गर्न सकिन्छ। दुवै खेलाडीलाइ विश्वकप अगाडी इंग्ल्याण्डसँग हुने टि२० र एकदिवसीय टिममा समावेश गरिएको छ। यदि त्यहाँ उत्कृस्ट प्रदर्शन गर्न सकेको खण्डमा टिममा छनोट हुने सम्भावना रहन्छ।

पाकिस्तानले मे ५ तारिखमा इंग्ल्याण्डसँग एक टि२० खेल्नेछ भने मे ११ देखि १९ सम्म ५ एकदिवसीय खेल्नेछ। विश्वकपमा भने मे ३१ मा वेस्ट इन्डिज बिरुद्द खेल्दै सुरुवात गर्नेछ।

विश्वकपको लागि पाकिस्तानको टिम:

सर्फराज अहमद (कप्तान), फकर जमान, इमाम उल हक, अबिद अलि, बाबर अजाम, शोएब मल्लिक, मोहम्मद हाफिज (फिटनेस टेस्ट हुन बाँकी), शदाब खान, इमाद वासिम, ह्यारिस सोहेल, हसन अलि, फहीम अश्रफ, शहीन अफ्रिदी, जुनैद खान, मोहम्मद हस्नैन

घोषणा भएका अन्य टिमहरु :- 

बंगलादेश: मोस्राफे बिन मोर्ताजा (कप्तान), तामिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकर रहिम (विकेट किपर), महमदुल्लाह, साकिब अल हसन (उप-कप्तान), मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक हुसैन, मोहम्मद सैफुदीन, मेहिदी हसन मिराज, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायद

अष्ट्रेलिया: एरोन फिंच (कप्तान), जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा

न्युजिल्यान्ड:  केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

इंग्ल्याण्ड: इयान मोर्गान (कप्तान), मोईन अलि, जोन्नी बेयरिस्टो, जोस बटलर, टोम करन, जोए डेन्ली, एलेक्स हेल्स, लियाम प्लंकेट, आदील रशिद, जोए रुट, जेसन रोए, बेन स्टोक्स, डेविड विली, क्रिस वक्स, मार्क वुड

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy