मोहम्मद नाबेदको अलराउण्ड प्रदर्शनमा पोखराको जित, शिर्ष ३ मा स्थान बनाउने पक्का : पिपिएल : टि-२०

Mohammad Naveed Batting
  • विकेटनेपाल – १७ कार्तिक, शनिवार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम दिनको पहिलो खेलमा पोखरा पल्टनले काठमाण्डौ रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। जितसंगै पोखराले अंकतालिकाको शिर्ष ३ स्थानमा आफ्नो स्थान बनाएको छ।

५ खेल खेलेर ३ जित सहित ६ अंक जोडेको पोखरा जितपछि तालिकामा शिर्ष स्थानमा रहेपनि शनिवारनै हुने बिराटनगर टाईटन्स र चितवन राइनोजको खेलपछि मात्र सोझै फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्ने छ।

शनिवारको पहिलो खेलमा काठमाण्डौले दिएको १०४ रनको लक्ष्य पोखराले १५.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा मोहम्मद नाबेदले बिष्फोटक ब्याटिंग गर्दै ३६ रन जोडे।

१५ बलको सामना गरेका नाबेदले ५ छक्का सहित ३६ रनको इनिंग खेले। त्यसक्रममा उनले अमरसिंह रौटेलाले गरेको एकै ओभरमा लगातार ३ छक्का प्रहार गरे।

Rohit Paudel
Rohit Paudel

यस्तै रोहित पौडेलले अविजित १५ रन बनाउंदा रबि इन्दर सिंह २२, आसिफ शेख १६ र कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए।

काठमाण्डौको बलिङ्गमा अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट (२.५-०-३९-३) लिएपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। यस्तै सुशान भारी, नन्दन यादव र पवन सर्राफले समान १-१ विकेट लिए।

यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिवार बिहान टस हारेर ब्याटिंगको निम्तो पाएको काठमाण्डौले खराब प्रदर्शन गर्दै पहिलो इनिंगमा १९.१ ओभरमा १०३ रन जोड्दा सबै १० विकेट गुमाएको थियो।

Pawan Sarraf
Pawan Sarraf

काठमाण्डौको इनिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन जोडेका थिए। २८ बलको सामना गरेका मल्लले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै बुटवल ब्लासटर्स बिरुद्ध उत्कृस्ट ब्याटिंग गर्दै ५८ रन जोडेका नरेश बुढाएर आजभने व्यक्तिगत ६ रन बनाएर रन आउट भएका थिए।

काठमाण्डौको इनिंगमा ओपनर अमित श्रेष्ठ २१, बसन्त रेग्मी १९ र पवन सर्राफ १२ रन बनाएर पभेलियन फर्किएका थिए।

पोखराको बलिङ्गमा ललित राजबंशीले सर्वाधिक ३ विकेट लिएका थिए। आफ्नो ४ ओभरको स्पेलमा १८ रन खर्चिएर ललितले अमित श्रेष्ठ, पवन सर्राफ र ज्ञानेन्द्र मल्ललाई पभेलियन फर्काएका थिए। यस्तै मोहम्मद नाबेद र राशिद खानको नाममा समान २-२ विकेट रह्यो।

Amit Shrestha
Amit Shrestha
Mohammad-Naveed
Mohammad-Naveed
Sharad Vesawakar
Sharad Vesawakar

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]