टि-१० लिग : सहजादले १६ बलमै ७४ रन बनाउदा राजपुत्सको जित

  • विकेटनेपाल, मङ्सिर ५ 

अफगानिस्तान क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान समेत रहेका मोहम्मद सहजादले अचम्मित पार्ने इनिंग खेलेपछि टि -१० लिगको पहिलो खेलमा राजपुत्सले सिन्धिजलाई १० विकेटले पराजित गरेको छ।

युएई सारजाह मैदानमा भएको खेलमा टस हारेर ब्याटिंगमा उत्रेको सिन्धिजले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। सिन्धिजको लागि कप्तान शेन वाटसनले २० बलमा ४ चौका र ३ छक्कको मद्दतले ४२ रन बनाए। सिन्धिजका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

राज्पुत्सिको लागि भारतीय पुर्व क्रिकेटर समेत रहेका मुनाफ पटेलले सर्वाधिक ३ ( २-०-२०-३ ) , कार्लोस ब्रेथ्वेटले २ तथा सयद शिर्जादले १ विकेट हात पारे।

मोहम्मद सहजादको अपत्यारिलो इनिंग 

९५ रनको लक्ष्य बोकेर मैदानमा उत्रेको राजपुत्सले मात्र ४ ओभरमै विकेट नगुमाई लक्ष्य पुरा गर्यो।

विस्फोटक इनिंग खेलेका सहजादले मात्र १६ बलमा ८ वटा छक्का र ६ वटा चौका प्रहार गर्दै अविजित ७४ रनको इनिंग खेले। कप्तान म्याकुलमले ८ बलमा १ चौका र २ छक्काको मद्दतले अविजित २१ रन बनाए। सहजादनै खेलको प्लेयर अफ द म्याच चुनिए।


सहजादको इनिंग ( १ ४ ६ ४ ४ ६ १ ६ ६ ४ ६ ४ ४ ६ ६ ६ ) 

१६ बल मात्रै सामना गरेका सहजादले त्यसमध्ये १४ बलमा बललाई बाउन्ड्री पार गराए। यस क्रममा उनले फवाद अहमदको ओभरमा ३ छक्का प्रहार गरे भने त्यस अघि थिसारा परेराको एकै ओभरमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए। यस्तै इनिंगको पहिलो ओभरमै उनले मोहम्मद नवाजलाई १ छक्का र ३ चौका हिर्काएर स्वागत गरेका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]