त्रिदेशीय सिरिज : फ्यान क्लबले ‘म्यान अफ द म्याच’ र कीर्तिमानी खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने

काठमाण्डौमा जारी त्रिदेशीय टि-ट्वान्टी सिरिजमा प्लेयर अफ द म्याच चुनिएका खेलाडीलाई नगद पुरस्कार नराखेको तथ्यलाई मध्यनजर गर्दै क्रिकेट फ्यानहरुको संस्था नेपाल क्रिकेट फ्यान क्लबले सिरिजमा प्लेयर अफ द म्याच अवार्ड पाउने तथा विश्वरेकर्ड कायम गरेका नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

संस्थाका अध्यक्ष बिनोद विकास सिम्खडाद्वारा जारि बिज्ञप्तिमा नेपाल क्रिकेट संघद्वारा आयोजित सिरिजमा म्यान अफ द म्याच अवार्ड नहुनु हास्यास्पद बताईएको छ। त्यसैले नेपाली खेलाडीको प्रोत्साहन स्वरूप फ्यान क्लब र अमेरिकाको नेप्लिज क्रिकेट नर्थ क्यारोलाइना मिलेर नगद पुरस्कार प्रदान गर्ने निर्णय गरीएको हो।

“काठमाडौँमा चालु रहेको त्रिकोणात्मक सिरिजमा नेपाल क्रिकेट संघले म्यान अफ द म्याचको लागि कुना नगद पुरस्कार राखेको छैन। यसले सम्पूर्ण क्रिकेट प्रेमी फ्यानलाई आघात पुगेको छ। क्यानले आफ्ना बलबुतामा गरेको पहलो सिरिजमा म्यान अफ द म्याचलाई नगद पुरस्कार नराख्नु हास्यास्पद मात्रै नभएर नेपाल क्रिकेटको लागि नयाँ गन्तव्य हुनसक्ने कुरामा पनि प्रश्न चिन्ह खडा गरेको छ।” क्लबद्वारा जारि बिज्ञप्तिमा बताईएको छ।

घोषणा अनुसार सिरिजमा नेपालबाट प्लेयर अफ द म्याच घोषित भएका खेलाडीहरुलाई १ सय डलर तथा विश्वरेकर्ड बनाएका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखलाई जनै १२५ डलर पुरस्कार दिनेछ। प्रतियोगिता सकिए लगत्तै उक्त पुरस्कार खेलाडीलाई उपलब्ध गराउने क्लबले बताएको छ।

सिरिजको प्रत्येक खेलमा उत्कृस्ट खेलाडीहरुलाई क्यानले गिफ्ट ह्याम्पर र मेडलको व्यवस्था गरेको छ। नेपालले खेलेको ४ वटा खेल मध्ये ३ वटा खेलमा नेपाली खेलाडीहरु कुशल भुर्तेल, करन केसी र सोमपाल कामि प्लेयर अफ द म्याच घोषित भएका थिए। सिरिजमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले लगातर दुईवटा खेलमा शतकीय साझेदारी गर्दै नयाँ विश्वरेकर्ड बनाएका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/rcb-vs-rr-16thm-wn21-res/

https://wicketnepal.com/hanchu-bhaneko-thiye-ramro-ball-paryo/

https://wicketnepal.com/abinash-mom-vs-mal-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy