मोमिनुलको शतकमा बंगलादेशको बलियो सुरुवात

  • विकेटनेपाल, माघ १७ – बुधबार

बंगलादेशमा बुधबारदेखि सुरु भएको श्रीलंका र बंगलादेशबिचको टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले बलियो सुरुवात गरेको छ ।

पहिलो दिनको समाप्तीमा बंगलादेश ४ विकेट गुमाएर ३७४ रनको स्कोरमा छ जसका मोमिनुल हक अविजित १७५ (२०३ बल, १६ चौका, १ छक्का) तथा महमदुल्लाह अविजित ९ रन (२० बल, २ चौका) बनाएर खेलिरहेका छन् ।

चटगाउँमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरको बंगलादेशका लागि ओपनर तामिम इकबालले अर्धशतक प्रहार गर्दै राम्रो सुरुवात दिलाए । ५२ रन बनाउन ५३ बल सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि इकबाल दिलारुवान परेराको बलमा आउट हुनुअघि इमरुल केय्ज मिलेर ७२ रनको साझेदारी गरेका थिए । केय्जले ४० रन (७५ बल, ४ चौका) बनाए ।

दुवै ओपनर १२०/२ को स्कोरमा आउट भएपछी मोमिनुल हक र मुश्फिकर रहिमले तेस्रो विकेटका लागि २३६ रनको साझेदारी गरे । १९२ बलको सामना गर्दा १० चौका प्रहार गरेका रहिम सुरंगा लाकमलको बलमा आउट हुँदा शतक बनाउनबाट मात्र ८ रनले चुके ।

रहिम आउट भएपछी आएका लिट्टोन दास पहिलो बलमानै लकमलकै सिकार बन्न पुगेका थिए ।

श्रीलंकाका लागि सुरांगा लकमलले २ विकेट (१७-३-४३-२) तथा दिलारुवान परेरा र लक्षण संदाकनले १/१ विकेट लिएका छन्।

जारि श्रीलंकाको बंगलादेश भ्रमण अन्तर्गत जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज श्रीलंकाले उपाधी जित्दै सकिएको थियो। यी दुई टोलिबीच २ टेस्ट तथा २ टी-२० क्रिकेट को सिरिज चल्ने छ ।

(Pictures: @ICC)





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]