- विकेटनेपाल, ३ चैत, इनरुवा।
सुनसरीको इनरुवामा सम्पन्न प्रथम प्रदेश स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधी मोरङले जितेको छ।
इनरुवा खेल मेदानमा शनिबार सम्पन्न फाइनलमा मोरङले आयोजक सुनसरी युथ क्लबलाई १४ रनले पराजित गरेको हो । मोरङले दिएको १ सय ५१ रनको लक्ष पछ्याएको आयोजक सुनसरी निर्धारित २० ओभर खेल्दै १ सय ३६ रनमा समेटिएपछि मोरङले उपाधी चुमेको हो।
उपाधी सहित मोरङले ट्रफि सहित नगद एक लाख तथा उपबिजेतामा आयोजक सुनसरीले नगद ५० हजार प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृस्ट खेलाडी उदयरपुरका सोनु अन्सारी घोषित भए भने आयोजक सुनसरीका निशान्त महत उत्कृष्ठ बलर र मुकेश मण्डल फाइनल खेलको म्यान अफ दि म्याच घोषित भएका छन्।
खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मोरङ १९.५ बलमा १ सय ५० रनमा अलआउट हुन पुगेको थियो । मोरङका लागि रामनरेश गिरीले २९ रन तथा सिद्धान्त लोहनीले १७ रन बनाएका थिए। सुनसरीका मुकेश मण्डल एक्लैले ४ तथा शिवु यादवले ३ विकेट लिए।
१५१ रन लक्ष्य पछ्याएको आयोजक सुनसरी युथ क्लबले पुरै ओभर खेलेपनि लक्ष्य भेटाउन सकेन्। सुनसरीले २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो। गौतम शर्माले सर्वाधिक ४८ रन, श्रवण यादवले ३२ र विवेक यादवले २९ रन जोडे पनि जितको लागि पर्याप्त भएन। सुनसरीका तीन ब्याट्सम्यान रनआउट हुन पुगेका थिए।
समाचार श्रोत – inaruwaonline.com