IPL : मोर्गनलाई १२ लाख भारु जरिवाना

आईपीएल टिम कोलकाता नाइट राइडर्सका कप्तान ओएन मोर्गनलाई चेन्नाई सुपर किंग्ससंग बुधबार राति सम्पन्न खेलमा ‘स्लो ओभर रेट’ कायम गरेकाका कारण १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। जारि सिजन मोर्गनले पहिलो पटक यो सजाय भोगेका हुन्।

यस अघि चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी र मुम्बई इन्डीयन्सका कप्तान रोहित शर्मालाई उक्त जरिवाना गरिएको थियो।

आईपीएलको गाइडलाइनका अनुसार पहिलो पटक ‘स्लो ओभर रेट’ मा कारवाहीमा परे १२ लाख भारु जरिवाना तिर्नुपर्छ भने दोश्रो पटक भए दोब्बर २४ लाख भारु तिर्नुपर्ने हुन्छ। यस्तै कप्तान बाहेक टिमको अन्तिम-११ मा भएका अन्य सदस्यहरुले समेत म्याच फिको २५ प्रतिशत जरिवाना तिर्नु पर्नेहुन्छ। तेश्रो पटकको गल्तिमा कप्तान एउटा खेलको लागि प्रतिबन्धमा पर्छ भने ३० लाख भारु जरिवाना तिर्नु पर्छ भने अन्तिम-११ मा भएका अन्य सदस्यहरुले म्याच फिको ५० प्रतिशत जरिवाना तिर्नु पर्ने हुन्छ।

आईपीएलको कोड अफ काण्डक्टका अनुसार कप्तानले अन्य तरिकाले बाधा नआएको खेलमा कम्तिमा १ घण्टामा १४.१ ओभर बलिंग गरिसकेको हुनुपर्छ जसमा टाईम आउटको समय जोडीदैन। टिमले ९० मिनेटमा २० ओभरको कोटा समाप्त गर्नुपर्ने हुन्छ। गत सिजन खेलहरु निर्धारित समय भन्दा ढिला सकिएकोले आईपीएल आयोजकले ओभर रेटको कडा नियम लागु गरेको हो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ipl-14-m15-report-wn21/

https://wicketnepal.com/nepali-rhinos-upadhi-40-hajar-dollar/

https://wicketnepal.com/sandeep-sarwadhik-wiketkarta-wn21/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]