आईपीएल अक्सन : इतिहासकै महँगो मूल्यमा बिक्रि भए मोरिस

दक्षिण अफ्रिकी फास्ट बलर क्रिस मोरिस इन्डियन प्रिमियर लिग इतिहासकै महँगो क्रिकेटर बनेका छन्।

आईपीएलको २०२१ सिजनको भारतको चेन्नाईमा जारि मिनी अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले टिममा १६ करोड २५ लाख भारतीय रुपैयाँमा टिममा भित्र्याएको हो। आईपीएल अक्सनमा इतिहासमा कुनै पनि खेलाडीले पाएको यो सबैभन्दा ठुलो रकम हो।

पछिल्लो सिजन रोयल च्यालेन्जर्स बैंगलोरले १० करोड भारु खर्चेर टिममा भित्र्याएको मोरिसलाई टिमले रिलिज गरेको थियो। रिलिज गरेता पनि मोरिसलाई पुनः अक्सनमा बैंगलोरले बोलि लगाएको थियो। मोरिसलाई भित्र्याउन मुम्बई, पन्जाब, राजस्थान, बैंगलोरले बोलि लगाएको थियो।

मात्र ७५ लाख भारु बेस प्राइस राखेका मोरिसलाई सबैभन्दा पहिलो मुम्बईले बोलि लगाएको थियो। त्यसपछि बैंगलोर र मुम्बईले बोलि लगाउदा उनको मूल्य ५ करोड पुगेको थियो। त्यसपछि बैंगलोरले ७ करोड मूल्य लगाएको थियो भने मुम्बईले ९ करोड बोलि लगाएको थियो। मुम्बईले १० करोड बोलि लगाएपछि राजस्थान रोयल्सले बोलि लागौं सुरु गरेको थियो। रोयल्सले १०.७५ करोड बोलि लगाएपछि मुम्बईले १३ करोड पुर्यायो। त्यसपछि पन्जाब किंग्सले १५ करोड बोलि लगाएपछि राजस्थानले १५.७५ करोड बोलि लगायो। त्यसपछि पन्जाबले १६ करोड बोलि लगायो र अन्तिममा राजस्थानले १६.२५ करोड भारुमा मोरिसलाई हात पार्यो।

आपीएल अक्सनमा मोरिस पछि धेरै मूल्य पाउने क्रिकेटर युभराज सिंह हुन् जसलाई २०१५ मा दिल्लले १६ करोड भारु खर्चेको थियो। तेश्रो स्थानमा प्याट कमिंस रहेका छन् जसलाई २०२० अक्सनमा कोलकाताले १५.५ करोड भारु खर्चेको थियो। यस्तै चौथो धेरै बेन स्टोक्सलाई २०१७ मा पुनेले १४.५ करोड भारु खर्चेको थियो। पाँचौ धेरै यो सिजन ग्लेन म्याक्सवेललाई बैंगलोरले १४.२५ करोड खर्चेको छ भने छैठौं धेरै युभराज सिंहलाई बैंगलोरले २०१४ मा खर्चेको थियो।

आईपीएल करियरमा ७० खेल खेलेका ३३ वर्षीय दायाँ हाते फास्ट बलर मोरिसले ७० खेलमा २३.९९ को औशत, १८.४३ को स्ट्राइक रेट र ७.८१ रन प्रतिओभर खर्चदै ८० विकेट लिएका छन्। उनले २०१३ मा चेन्नाईबाट डेब्यु गरेका थिए।

आईपीएलको जारी अक्सनमा ग्लेन म्याक्सवेललाई बैंगलोरले १४.२५ करोड भारुमा टिममा भित्र्याएको छ। यस्तै स्टिभ स्मिथलाई दिल्लीले २.२० करोड भारुमा, शाकिब अल हसनलाई कोलकाताले ३.२० करोड भारुमा, मोइन अलिलाई चेन्नाईले ७ करोड भारुमा, शिभम दुबेलाई राजस्थान रोयल्सले ४.४० करोड भारुमा, दवीड मलानलाई पन्जाब किंग्सले १.५० करोड भारुमा भित्र्याएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy