मोर्कलको कीर्तिमानी बलिंगमा दक्षिण अफ्रिका बलियो

  • विकेटनेपाल – ९ चैत्र, शनिवार

दक्षिण अफ्रिका पहिलो पारि : ३११/१० (डीन् एल्गर १४१* / प्याट कमिन्स ४/७८)
अष्ट्रेलिया पहिलो पारि : २४५/९ (क्यामरुन ब्यान्क्रफ्ट ७७ / मोर्ने मोर्कल ४/८७)
अष्ट्रेलिया ६६ रनले पछाडी

अष्ट्रेलिया बिरुद्द जारी तेस्रो टेस्टमा घरेलु टोलि दक्षिण अफ्रिकाले पकड बनाएको छ। दोस्रो दिनको खेल सम्पन्न हुँदासम्म अष्ट्रेलियाले आफ्नो पहिलो पारिमा २४५ रन जोड्न ९ विकेट गुमाएको छ र खेलमा ६६ रनले पछाडी छ।

यसअघि २६६/८ को अवस्थाबाट दोस्रो दिनको खेल सुरुगरेको दक्षिण अफ्रिकाले ३११ रन जोड्दा सबै विकेट गुमाएको थियो। उसको इनिंगमा ओपनर ब्याट्सम्यान डीन् एल्गरले अविजित १४१ रन जोडे। उनको इनिंगमा २० चौका र १ छक्का सामिल थियो। पुरै दक्षिण अफ्रिकी टोलि अलआउट भएपनि एल्गरभने पहिलो इनिंगमा अविजित रहे। यस्तै पहिलो दिन आफ्नो विकेट गुमाउन अघि एबी डीभिलियर्सले पनि ६४ रनको उत्कृस्ट इनिंग खेलेका थिए।

डीन् एल्गर

दक्षिण अफ्रिकालाई दोस्रो दिन ३११ रनमा समेट्न अष्ट्रेलियाको बलिंगमा प्याट कमिंसले ४ विकेट चट्काए। यस्तै जस् हेजलवुड र नेथन लायनले समान २-२ विकेट हात पारे।

जवाफमा आफ्नो पहिलो इनिंगमा ब्याटिंग गर्न उत्रिएको अष्ट्रेलियाले खराब प्रदर्शन गर्यो। पहिलो विकेटका लागि डेभिड वार्नर र क्यामरुन ब्यान्क्रफ्टले ४३ रनको साझेदारी गरेका थिए। आक्रमक ब्याटिंग गर्दै वार्नर १४ बलमा ३० रन जोड्दै आउटहुन पुगे। त्यसपछिका दुई विकेटभने अष्ट्रेलियाले चाडैं गुमाउन पुग्यो। उस्मान ख्वाजा र कप्तान स्टिभ स्मिथ समान ५ रनको स्कोरमा पभेलियन फर्किए। उनीहरु दुवैलाई आफ्नो करियरको अन्तिम सिरिज खेल्दै गरेका मोर्ने मोर्कलले आउट गरे।

कुनै समय १७५/८ को स्थितिमा रहेको कंगारु टोलिलाई खेलमा फर्काउन नेथन लायनले सहयोग पुर्याए। ३८ बलमा लायनले ४७ रन प्रहार गर्दै अस्ट्रेलियालाई २४१/९ को स्थितिमा पुर्याएर लायन आउट भए। अष्ट्रेलियाको लागि दोस्रो दिनको खेल सकिंदासम्म टिम पेन (३३) र जस् हेजलवुड (१) रन जोड्दै अविजित रहेका छन्। उसको इनिंगमा क्यामरुन ब्यान्क्रफ्टले १०३ बलमा ७७ रन जोडेका थिए।

दक्षिण अफ्रिकाको बलिंगमा करियरको अन्तिम टेस्ट खेल्दै गरेका मोर्ने मोर्केलले ४ विकेट हात पारे। यस्तै कागीसो रबडा र भर्नन फिलान्डरले समान २-२ विकेट चट्काए।

कीर्तिमानी बलिंग गर्ने क्रममा मोर्ने मोर्कलले भने टेस्ट क्रिकेटमा ३०० विकेट पुरा गरेका छन्। टेस्ट क्रिकेटमा ३०० विकेट लिने उनि पाँचौं दक्षिण अफ्रिकी बलर हुन्। यसअघि डेल स्टेन, एलन डोनाल्ड, मकाए एन्टीनि र शन् पोलकले दक्षिण अफ्रिकाको लागि टेस्ट क्रिकेटमा ३०० विकेट पुरा गरेका थिए।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy