मोर्ने मोर्कलद्वारा सन्यास घोषणा

  • विकेटनेपाल – १४ फाल्गुन, सोमबार

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर मोर्ने मोर्कलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। घरेलु भूमिमा आउँदो बिहिवारबाट सुरु हुने अस्ट्रेलिया बिरुद्दको शृंखलापछि मोर्कलले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिनेछन्।

“यो मेरो लागि अत्यन्तै कठिन निर्णय थियो। तर मलाई लाग्छ नयाँ जीवन सुरुवात गर्न मेरो लागि यो सहि समय हो।”

उनले थपे ” मेरो परिवार नयाँ नै छ र मेरी श्रीमतीपनि बिदेशी हुन्। मैले उनीहरुलाई धेरै समय दिन सकेको छैन र मैले उनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्छ। त्यसैले यो निर्णयले हामीलाई आगामी दिनमा सहयोग मिल्नेछ।”

“प्रोटिज जर्सी लगाएर खेल्दाको प्रत्येक पलमा म रमाएको छु र म मेरो खेलाडी साथीहरु, क्रिकेट साउथ अफ्रीका, मेरो परिवार प्रति अनुग्रहित छु। म अझै महसुस गर्छु कि म संग धेरै क्रिकेट बाँकी छ र अहिलेको लागि म मेरो सम्पूर्ण शक्ति अस्ट्रेलिया बिरुद्ध प्रोटिजलाई जिताउन लगाउनेछु”

सन् २०१५ एक दिवसीय विश्वकपमा न्युजील्याण्ड बिरुद्द सेमिफाइनलको हार पछि मोर्कल

यस्तो छ मोर्कलको क्रिकेट करियर

३३ बर्षीय मोर्कलको जन्म सन् १९८४ अक्टोबर ६ तारिखमा भएको थियो। सन् २००६ मा भारत बिरुद्द टेस्ट क्रिकेटमा डेब्यु गरेसंगै मोर्कलको क्रिकेट करियर सुरुभएको हो। अग्लो उचाईकै ( १.९६ मिटर ) कारण उनको बलिंगमा बेग्लै धार रहेको पाइन्छ।

टेस्ट क्रिकेटको ८३ खेलबाट मोर्कलले २९४ विकेट आफ्नो नाम गरेका छन्। यस्तै एक दिवसीय क्रिकेटमा भने मोर्कलको नाममा ११७ खेलमा १८८ विकेट रहेको छ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]