मोर्ने मोर्कलद्वारा सन्यास घोषणा

२०७४ फाल्गुन १४, सोमबार २०:०४

  • विकेटनेपाल – १४ फाल्गुन, सोमबार

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर मोर्ने मोर्कलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। घरेलु भूमिमा आउँदो बिहिवारबाट सुरु हुने अस्ट्रेलिया बिरुद्दको शृंखलापछि मोर्कलले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिनेछन्।

“यो मेरो लागि अत्यन्तै कठिन निर्णय थियो। तर मलाई लाग्छ नयाँ जीवन सुरुवात गर्न मेरो लागि यो सहि समय हो।”

उनले थपे ” मेरो परिवार नयाँ नै छ र मेरी श्रीमतीपनि बिदेशी हुन्। मैले उनीहरुलाई धेरै समय दिन सकेको छैन र मैले उनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्छ। त्यसैले यो निर्णयले हामीलाई आगामी दिनमा सहयोग मिल्नेछ।”

“प्रोटिज जर्सी लगाएर खेल्दाको प्रत्येक पलमा म रमाएको छु र म मेरो खेलाडी साथीहरु, क्रिकेट साउथ अफ्रीका, मेरो परिवार प्रति अनुग्रहित छु। म अझै महसुस गर्छु कि म संग धेरै क्रिकेट बाँकी छ र अहिलेको लागि म मेरो सम्पूर्ण शक्ति अस्ट्रेलिया बिरुद्ध प्रोटिजलाई जिताउन लगाउनेछु”

सन् २०१५ एक दिवसीय विश्वकपमा न्युजील्याण्ड बिरुद्द सेमिफाइनलको हार पछि मोर्कल

यस्तो छ मोर्कलको क्रिकेट करियर

३३ बर्षीय मोर्कलको जन्म सन् १९८४ अक्टोबर ६ तारिखमा भएको थियो। सन् २००६ मा भारत बिरुद्द टेस्ट क्रिकेटमा डेब्यु गरेसंगै मोर्कलको क्रिकेट करियर सुरुभएको हो। अग्लो उचाईकै ( १.९६ मिटर ) कारण उनको बलिंगमा बेग्लै धार रहेको पाइन्छ।

टेस्ट क्रिकेटको ८३ खेलबाट मोर्कलले २९४ विकेट आफ्नो नाम गरेका छन्। यस्तै एक दिवसीय क्रिकेटमा भने मोर्कलको नाममा ११७ खेलमा १८८ विकेट रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy