मधेश प्रदेश क्रिकेट छनाेट खेलमा सिरहा र धनुषा विजयी

२०७९ कार्तिक २, बुधबार १३:२७

राजबिराज

पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसिय क्रिकेट छनाेटमा सिरहा र धनुषा विजयी भएका छन।

मंगलवार राजबिराजमा सप्तरी क्रिकेट सँघकाे अायाेजना तथा मधेश प्रदेश क्रिकेट सँघकाे सहयाेगमा संचालित छनाेट खेलमा सिरहाले सप्तरीलाई ६४ रनले र धनुषाले महाेतरीलाई ४ बिकेटले पराजित गरेकाे छ।

स्थानिय पबिमावि खेलमैदानमा टस जितेर सिरहाले निर्धारित ५० अाेभरकाे खेलमा ३८ अाेभर ३ बलमा १० बिकेट गुमाई १७५ रन बनाएका थिए।

जसमा रूपेश सिँह ४३ रन, राकेश कामैत ४१ रन जाेडे। बलिंग तर्फ सप्तरीका अजय यादब ४ पप्पु यादब ३ र बिकास दास २ बिकेट हात पारे।

जवाफमा सप्तरीले ३४ अाेभरमा सबै बिकेट गुमाई १ सय ११ रनमै सिमित रहे। जसमा अमित यादब २९ र राेहित सिँह अविजित २० रन बनाएका थिए।

बलिंग तर्फ सिरहाका प्रदिप पासवान ४ मनाेज यादब २ र रूपेश सिँहले १ बिकेट लिए। खेलकाे म्यान अफ दि म्याच सिरहाका प्रदिप पासवान म्यान अफ दि म्याच घाेषित भएका थिए।

अाजै मबिव क्याम्पस खेलमैदानमा भएकाे दाेस्राे खेलमा महाेतरीले टस जितेर ४२ अाेभरमा १० बिकेट गुमाई १ सय २४ रनकाे याेगफल खडा गरेका थिए।

जसमा नवीन यादब ३६ र बिनाेद सहनी ३० रन जाेडे। बलिंग तर्फ धनुषाका दिव्यान्सु मलिक र अाकाश रायले समान्य ४/४ बिकेट हात पारे भने हरिशंकर साहले १ बिकेट लिए।

जवाफमा धनुषाले ३० अाेभर २ बलमा ६ बिकेट गुमाई बिजय हात पारेका थिए। जसमा विशाल सुश्लिंगले ४३ रन र परसुराम यादबले ३० रन बनाएका थिए।

बलिंग तर्फ महाेतरीका रमेश सहनी २ र नितेश यादब र अभिषेक तिवाडीले १/१ बिकेट हात पारे। खेलकाे म्यान अफ दि म्याच अाकाश राय म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy