मधेश प्रदेश क्रिकेट छनाेट खेलमा सिरहा र धनुषा विजयी

राजबिराज

पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसिय क्रिकेट छनाेटमा सिरहा र धनुषा विजयी भएका छन।

मंगलवार राजबिराजमा सप्तरी क्रिकेट सँघकाे अायाेजना तथा मधेश प्रदेश क्रिकेट सँघकाे सहयाेगमा संचालित छनाेट खेलमा सिरहाले सप्तरीलाई ६४ रनले र धनुषाले महाेतरीलाई ४ बिकेटले पराजित गरेकाे छ।

स्थानिय पबिमावि खेलमैदानमा टस जितेर सिरहाले निर्धारित ५० अाेभरकाे खेलमा ३८ अाेभर ३ बलमा १० बिकेट गुमाई १७५ रन बनाएका थिए।

जसमा रूपेश सिँह ४३ रन, राकेश कामैत ४१ रन जाेडे। बलिंग तर्फ सप्तरीका अजय यादब ४ पप्पु यादब ३ र बिकास दास २ बिकेट हात पारे।

जवाफमा सप्तरीले ३४ अाेभरमा सबै बिकेट गुमाई १ सय ११ रनमै सिमित रहे। जसमा अमित यादब २९ र राेहित सिँह अविजित २० रन बनाएका थिए।

बलिंग तर्फ सिरहाका प्रदिप पासवान ४ मनाेज यादब २ र रूपेश सिँहले १ बिकेट लिए। खेलकाे म्यान अफ दि म्याच सिरहाका प्रदिप पासवान म्यान अफ दि म्याच घाेषित भएका थिए।

अाजै मबिव क्याम्पस खेलमैदानमा भएकाे दाेस्राे खेलमा महाेतरीले टस जितेर ४२ अाेभरमा १० बिकेट गुमाई १ सय २४ रनकाे याेगफल खडा गरेका थिए।

जसमा नवीन यादब ३६ र बिनाेद सहनी ३० रन जाेडे। बलिंग तर्फ धनुषाका दिव्यान्सु मलिक र अाकाश रायले समान्य ४/४ बिकेट हात पारे भने हरिशंकर साहले १ बिकेट लिए।

जवाफमा धनुषाले ३० अाेभर २ बलमा ६ बिकेट गुमाई बिजय हात पारेका थिए। जसमा विशाल सुश्लिंगले ४३ रन र परसुराम यादबले ३० रन बनाएका थिए।

बलिंग तर्फ महाेतरीका रमेश सहनी २ र नितेश यादब र अभिषेक तिवाडीले १/१ बिकेट हात पारे। खेलकाे म्यान अफ दि म्याच अाकाश राय म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]