मध्यपश्चिम विश्वविद्यालयलाई जय नेपाल कप क्रिकेट उपाधि

दक्षिण एसियाली विश्वविद्यालय ‘टी–२० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उपाधि मध्यपश्चिम विश्वविद्यालयले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको फाइनलमा मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले हरायो । उपाधिसँगै मध्यपश्चिमले १५ लाख रुपियाँ र उपविजेता लखनउले १० लाख रुपियाँ पुरस्कार पायो ।

जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १७ रन मात्र बनाएको थियो ।

लखनउका लागि ओपनर ममन कन्डपालले सर्वाधिक ५८ रन बनाए । हर्षवर्द्धन सिंहले १५ र यशवर्द्धन सिंहले १४ रन बनाउए ।

बलिङमा मध्यपश्चिमका लागि दिवानले तीन विकेट लिए। राजकुमार साहले दुई तथा रविन्द्र जंग शाही, सुवास भण्डारी र दीनेश अधिकारीले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । मध्यपश्चिमका लागि दिवान पुन र विपिन खत्रीले अर्धशतक बनाए ।

विपिनले अविजित ५९ रन बनाए । अलराउण्ड प्रदर्शन गर्नुभएका दिवानले ५८ रन जोड्नुभयो । निश्चल रावलले १९ र राजकुमार साहले १५ रन बनाए । बलिङमा लखनउका लागि हर्षवर्द्धन सिंह, ममन कन्डपाल र अभिषेक सोनीले एक एक विकेट लिए ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) को आयोजनामा माघ ७ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालबाट काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतको दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय र बाबासाहेब भीमराव विश्वविद्यालय तथा बङ्गलादेशको ढाका विश्वविद्यालयको सहभागिता रहेको थियो ।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]