धोनीले खेलेका उत्कृस्ट ७ इनिंग

२३ डिसेम्बर २००४  बंगालदेश चटगाउमा गोल्डेन डक देखि २००७ को टि-२० विश्वकप , २०११ को विश्वकप, २०१३ को च्याम्पियन्स ट्रफीमा भारतको कप्तानी गर्दै ऐतिहासिक जित दिलाउन सफल विश्वकै सफल कप्तानमध्येका एक महेन्द्र सिंह धोनीले आफ्नो खेल जीवनमा विभिन्न उतार-चढाब पार गर्दै जाँदा श्रीलंकासँग भर्खरै सम्पन्न एकदिवसीय सिरिजमा खेल जीवनको ३०० औं खेल खेलिसकेका छन् ।

देशको लागि खेलेको पहिलो खेल जसको लागि पनि अविस्मरणीय हुने गर्दछ तर धोनीको पहिलो खेल भने खास हुन सकेको थिएन । उनि पहिलो खेलमानै रन आउट हुन पुगेका थिए जतिबेला सम्म उनले खाता पनि खोलेका थिएनन् l तर त्यसपछि धोनीले सनसनीपूर्ण खेल जीवनमा ३०० एकदिवसीय खेल खेल्दासम्म ५२.२ को औसतमा ९,६५७ रन आफ्नो नाम दर्ता गरिसकेका छन् ।

भारतलाई २८ बर्षपछी एकदिवसीय क्रिकेट विश्वकप उपाधि जिताउदा बिजयी रन प्रहार गर्ने सौभाग्यसाली धोनीका सात उत्कृस्ट इनिंगहरु यो लेखमा समेट्ने प्रयास गरेका छौ l

१. ९१* श्रीलंका बिरुद्द, मुम्बई २०११

धोनीको नाम सुन्ने बित्तिकै जो कोहिले सम्झने मुख्य कुरा हो सन् २०११ को विश्वकप फाइनलमा प्रहार गरेको बिजयी छक्का । फाइनल खेल दुई आयोजक रास्ट्र भारत र श्रीलंकाबीच खेलिएको थियो | धोनी त्यस समय विकेटकिपर ब्याट्सम्यान मात्र नभएर कप्तान समेत थिए । आफ्नो कप्तानीमा सन् २००७ को टि-ट्वान्टी विश्वकप जिताईसकेका उनले २०११ को एक दिवसीय विश्वकप पनि जिताउने दाउमा थिए । तर उनका अगाडी थिए कुमार साङ्गाकारा, तिलकरत्ने दिल्सान, मुथैया मुरलीधरण, माहेला जयवर्धने, लासिथ मालिंगा जस्ता खेलाडीले भरिएको बलियो श्रीलंकाली टोली ।

श्रीलंकाले पहिले ब्याटिंग गर्दै माहेला जयवर्धने को ८८ बलमा १३ चौका सहित १०३ रनको मद्दतमा ५० ओभरमा ६ विकेट गुमाउदै २७४ रन बनायो । भारतलाई २८ बर्षपछी पुनः विश्वकप आफ्नो नाममा लेखाउन २७५ रन बनाउनुपर्ने भयो जुन त्यति सहज थिएन ।

जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेको भारतलाई दोश्रो बलमानै विरेन्द्र सेहवागलाई आउट गर्दै लासिथ मालिंगाले दबाबमा पारे, त्यसपछि ३१ रन बनाउदा भारतले सचिन तेन्दुलकरलाई पनि गुमाउन पुग्यो, त्यसपछि बिस्तारै अगाडी बढ्ने क्रममा ८५ रनको स्कोरमा बिराट कोहलीलाई पनि गुमाएपछी भारत धरासायी भएको थियो । तर कसलाई अनुमान थियो र अब मैदानमा धोनीरुपी तुफान आउदैछ भन्ने । आर्कोतर्फ ओपनर गौतम गम्भीर बिस्तारै खेलिरहेका थिए ।

प्रतियोगिताका अन्य खेलमा भन्दा भिन्न, धोनी युवराज सिंह भन्दा अगाडी ब्याटिंग गर्न उत्रेका थिए । धोनीले गम्भीरसँग शतकीय साझेधारी गरे ।गम्भीर ९७ रनमा आउट भएपछी क्रिजमा आएका युवराजसँग मिलेर अविजित अर्ध-शतकीय साझेधारी गरे । ७९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ९१ रन बनाएका धोनीले नुवान कुलासेकराको बलमा लङ-अन माथिबाट छक्का प्रहार गर्दै २८ बर्षपछी भारतलाई पुनः आफ्नै घरमा विश्व विजेता बनाए । उनलाई उक्त शानदार पारीको लागि म्यान अफ द म्याच प्रदान गरिएको थियो ।

२. १४८ पाकिस्तान बिरुद्द, विशाखापटनम २००५

बंगलादेश बिरुद्ध डेब्यू खेलमा गोल्डेन डक आउट भएका धोनीले त्यसपछि खेलिएका अन्य ४ खेलमा खासै प्रभाव देखाउन सकेनन्।एकदिवसीय क्रिकेट करियरको सुरुवाती समयमा खराब फर्मबाट गुज्रिएका उनले सुरुवाती ५ खेलमा मात्र २२ रन बनाएका थिए |

यसपाली उनलाई पाकिस्तान बिरुद्धको खेलमा तिन नम्बरमा ब्याटिंग गर्ने मौका मिल्यो। विशाखापटनममा हजारौं दर्शककासामु १४८ रनको बिशाल इनिंग खेल्दै धोनीले एक दिवसीय क्रिकेटमा आफ्नो पहिलो शतक मात्र बनाएनन् विश्वक्रिकेटमा आफ्नो आगमनको जानकारी पनि सबैलाई गराए ।

महेन्द्र सिंह धोनी पहिलो एकदिवसीय सतक प्रहार गरेपछि खुसि मनाउदै

पहिले ब्याटिंग गरेको भारतले व्यक्तिगत २ रनको स्कोरमा सचिन तेन्दुलकरलाई गुमाएपछी पहिलोपटक ३ नम्बरमा ब्याटिंग गर्न आएका धोनीले पहिला विरेन्द्र सेहवागसँग अर्ध-शतकिय र त्यसपछि राहुल द्रविडसँग शतकीय साझेधारी गर्दा १५५ मिनेट क्रिजमा बिताउदै १५ चौका र ४ छक्काको मद्दतले १२३ बलमा १४८ रन प्रहार गरे। भारतले पाकिस्तानलाई ३५७ रनको बिशाल लक्ष्य प्रस्तुत गर्यो ।जवाफी ब्याटिंगमा उत्रिएको पाकिस्तानले  २९८ रन मात्र बनाउन सक्यो र ५८ रनको पराजय व्यहोर्न बाध्य भयो । धोनीलाईनै खेलको म्यान अफ द म्याच चुनिएको थियो ।

३. १८३* श्रीलंका बिरुद्द, जयपुर २००५

सन् २००५ मा श्रीलंका भारत भ्रमणमा रहदाँ सिरिजको तेश्रो एकदिवसीय खेल जयपुरमा भएको थियो जुन खेलमा महेन्द्र सिंह धोनीले आफ्नो क्यारियर को सबैभन्दा धेरै अविजित १८३ रन बनाएका थिए ।

श्रीलंकाले पहिले ब्याटिंग गर्दै कुमारा साङ्गाकाराको शतकीय पारीको सहयोगमा २९८ रन बनाएको थियो तर भारतलाई चामिन्दा भास, मुथैया मुरलिधरण जस्ता घातक बलरको अगाडी २९९ रन बनाउन सजिलो भने पक्कै थिएन ।

आफ्नो क्यारियर को सबैभन्दा धेरै रन बनाउदा ब्याटिंग गर्दै धोनी

जवाफी ब्याटिंग गर्न उत्रेको भारतलाई २ बल खेल्दै सचिन तेन्दुलकर आउट भएपछी ठुलो धक्का लाग्यो तर त्यसपछि क्रिजमा आएका धोनीले आफुले पाएको अवसरको राम्रैसँग सदुपयोग गरे । सुरुवात देखिनै आक्रामक खेल देखाएका उनि रन लिने क्रममा खुट्टामा चोट लागेपछि त्यतिबेलाको नियम अनुसार रनर राखेर ब्याटिंग गरे ।

यो इनिंगको क्रममा उनले १० छक्का प्रहार गर्दै एकदिवसीय क्रिकेटको एक इनिंगमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान समेत बनेका थिए । उनले बनाएको १८३ रन विकेट-किपर ब्याट्सम्यानले एक दिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोरपनि हो | भारतले यो खेल २३ बल बाकीं छदै ४ विकेट गुमाएर जितेको थियो ।

४. ११३ पाकिस्तान बिरुद्द, चेन्नई २०१२

सन् २०१२ मा पाकिस्तान ५ बर्षमा पहिलो पल्ट र अहिले सम्मको अन्तिम सिरिजको लागि भारत भ्रमणमा रहेको थियो । उक्त सिरिजमा ३ एकदिवसीय र २ वटा टी-ट्वान्टी खेल खेलिएको थियो |

शृंखलाको पहिलो खेल खेल्न दुवै टिम चेन्नई पुगेका थिए जहाँ पहिले ब्याटिंग गरेको भारतले सुरुवाती समयमा आफ्नो लय गुमाउन पुग्दा २९ रन जोड्दा ५ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिंग गर्न मैदानमा उत्रेका कप्तान धोनी र उनका चेन्नई सुपर किंग्सका पार्टनर सुरेश रैना मिलेर ८३ रनको साझेदारी गरेका थिए ।

सुरुवातमा समय लिएर अन्त्यमा आक्रमक खेल खेल्ने स्वभावलाई कायम राख्दै उनले ११७ बलमा ११३* रन प्रहार गर्दै पाहुना टोलीलाई   निर्धारित ५० ओभरमा ६ विकेट को क्षतिमा २२८ रनको लक्ष्य दिएको थियो जुन पाकिस्तानले ११ बल अगावै मात्र ४ विकेट गुमाएर भेट्टाएको थियो ।

आफ्नो टिमलाई जित दिलाउन नसकेपनि अफ्ठ्यारो परिस्थितिमा शतक बनाएका महेन्द्र सिंह धोनीलाई खेलको म्यान अफ द म्याच चुनिएको थियो |

आफ्नो डेब्यु एकदिवसीय खेलमा विकेटकिपिंग गर्दै महेन्द्र सिंह धोनी

५. ४४* अष्ट्रलिया बिरुद्द, एडिलेड २०१२

सन् २०१२ को सीबी सिरिजमा घरेलु टोलि अस्ट्रेलियाले सुरुमा ब्याटिंग गर्दै भारतलाई जितका लागि २७० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।उसका लागि डेविड हसी र पिटर फरेस्टले अर्धशतकीय  पारि खेलका थिए ।

२७१ रन पछ्याउने क्रममा ओपनर ब्याट्सम्यान गौतम गम्भीरले ९२ रन बनाउदै राम्रो सुरुवात दिलाएपनि मध्यक्रम सम्हाल्लिन नसके पछी भारत हारतर्फ अघि बढ्दै थियो ।

त्यस परिस्थितिमा महेन्द्र सिंह धोनीले सुरुवातमा सुरेश रैना र त्यसपछि रबिन्द्र जडेजासंग मिलेर उत्कृष्ट साझेदारी गर्दै खेललाई अन्तिम ओभर सम्म पुर्याए ।

अब भारतलाइ जितको लागि ४ बलमा १२ रनको आवश्यकता थियो र स्ट्राइकमा थिए धोनी, बलिंग गर्दै थिए क्लिन्ट मक्काए जसले ३ विकेट लिईसकेका थिए ।

उनले अन्तिम  ओभरको तेश्रो बलमा छक्का प्रहार गरे, चौथो बल कम्मरभन्दा माथि फ्यालेपछी त्यसलाई अम्पाएरले नो बल घोषणा गर्दिए, नो बलमा पनि धोनीले थप २ रन कुदेपछी खेलमा भारतलाई जितका लागि ३ रनको आवश्यकता थियो । सो ३ रन पनि धोनीले सहजरुपमा बनाउदै खेल भारतको पोल्टोमा पार्न सफल भएका थिए ।

६. १३९ अष्ट्रलिया बिरुद्द, मोहाली २०१३

उही खेलाडी, उही बिरोधि तर यो पालि खेल मैदान फरक, सन् २०१३ को अस्ट्रेलियाको भारत भ्रमणलाई क्रिकेट पण्डितहरुले ब्याट्सम्यानहरुको शृंखला भनेर विश्लेषण गरेका थिए । यहि शृंखलाको तेश्रो एकदिवसीय खेल मोहालीमा भएको थियो जहाँ महेन्द्र सिंह धोनीले पुनः एकपटक कंगारु बलरको उत्कृष्ट सुरुवातलाई धमिलो बनाइदिए ।

सुरुवाती ब्याट्सम्यानहरु सम्हालिन नसकेपछि भारत एक समय ७६/४ को स्थितिमा थियो तर सुरुवातमा विराट कोहलीसंग र त्यसपछि तल्लो क्रमका ब्याट्समेनसंग उत्कृष्ट साझेदारी गर्दै धोनीले भारतको स्कोरलाई ५० ओभरको अन्त्यसम्ममा ३०३/९ को अवस्थामा पुर्याएका थिए ।

धोनिसंग साझेदारी गर्ने क्रममा रबि अश्विन र भुवनेश्वर कुमारले राम्रो साथ निभाएका थिए। धोनीले आफ्नो एक दिवसीय करियरको ९औं शतक बनाउदै भारतको स्कोर ३०३ रन सम्म पुर्याएपनि ३०४ रनको लक्ष्यलाई पाहुना टोलि अष्ट्रलियाले अन्तिम ओभरमा पुरा गर्दै जित हासिल गरेको थियो ।

७. १२४ अष्ट्रलिया बिरुद्द, नागपुर २००९

पुर्व-कप्तान धोनीलाई कंगारुसँग खेल्न मज्जा आउदो रहेछ भन्ने कुरा माथिल्लो २ वटा इनिंगले प्रमाणित गर्छ । यो पालि उही बिरोधि त्यस्तै उत्कृस्ट प्रदर्शन तर मैदान पुनः फेरिएको छ ।

सन् २००९ मा अस्ट्रेलियाले भारत भ्रमणको पहिलो एकदिवसीय खेल जितेर सनसनी मच्चाएको थियो र दोश्रो खेलमा पनि जित निकाल्ने दाउमा नागपुर पुगेको थियो तर कंगारु टोलीको सपनालाई भारतीय कप्तान धोनीले निराशामा परिणत गर्दिए ।

पहिला ब्याटिंग गरेको खराब सुरुवात गर्दै ९७ रन बनाउदा ३ विकेट गुमाउन पुगेको थियो त्यसपछि क्रिजमा उत्रिएका धोनीले पहिलो बलनै अष्ट्रलियाका तिब्र गतिका बलर बेन हिल्फंहाउसको धारिलो बाउन्सर सामना गर्नु परेको थियो, सो बाउन्सरले धोनीको हेल्मेटमा पनि लागेको थियो । त्यसपछि सुरुभयो धोनीको खेल ।

लड़खडाई सकेको भारतीय इनिंगलाई  सम्हाल्ने क्रममा धोनीले सुरुवातमा गौतम गम्भीर र त्यसपछि सुरेश रैनासंग राम्रो साझेदारी गरे । १०७ बल खेलेका धोनीले खेलको अन्त्यतर्फ आक्रमक रबैया देखाउदै ठुला सट प्रहार गरेका थिए । उनको १२४ रनको मद्धतले भारतले अष्ट्रलियालाई ९९ रनले हराउदै शृंखला बराबरीमा ल्याएको थियो |

यी त भए ब्याटबाट महेन्द्र सिंह धोनिका केहि उत्कृस्ट इनिंगहरु तर विश्वकै सफल कप्तान मध्येका एक मानिएका उनको चर्चा यतिले मात्रै भएको होइन । उनले आफ्नो देशका लागि धेरै म्याच जिताउ पारि खेलेका छन् । ति मध्ये तपाइँलाइ कुन पारिहरु उत्कृस्ट लाग्छन् कमेन्ट गर्नुहोला ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]