आईपीएलमा देखिएला म्यानचेस्टर युनाइटेडको टिम ? नयाँ टिम लिने दौडमा ग्लेजर परिवार

२०७८ कार्तिक ४, बिहीबार २०:५८

ग्लेजर परिवारको स्वामित्वमा रहेको विश्वकै सबैभन्दा महँगो क्लब मध्येको इंगलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले इन्डियन प्रिमियर लिग ( आईपीएल ) को नयाँ टिमको मालिक बन्ने इच्छा देखाएको छ।

आईपीएलको आगामी सिजनमा दुई नयाँ टिम जोडिदैछन् जसमध्ये एउटा टिम आफ्नो नाम गर्न ग्लेजर परिवार अघि सरेको टाईम्स अफ इन्डियाले लेखेको छ। विश्वकै सर्वाधिक चर्चित लिगको विकासक्रमलाई म्यानचेस्टर युनाइटेड क्लबका मालिकहरुले नजिकबाट नियालीरहेका छन्।

“हो ग्लेजरले लिलामी दस्तावेज लिएको छ। आईपीएल विश्वप्रख्यात लिग हो त्यसैले अन्तर्राष्ट्रिय फर्म्सहरु इच्छुक हुनु स्वाभाविक हो। उनीहरुले बोलि लगाउनेछन् या छैनन् भने निश्चित छैन।” एक बिसीसीआई अधिकारीले टाइम्स अफ इन्डियालाई बताए। १६ लाख नेपाली रुपैयाँमा किन्नु पर्ने उक्त लिलामी दस्तावेजहरु ठूला कर्पोरेट हाउसहरुले व्यापारिक आंकलन गर्नको लागि पनि लिने गरेका छन्।

बिसीसीआईले एउटा टिम लिनको लागि बेस प्राइस २ हजार करोड भारु ( ३ हजार २ सय करोड नेपाली रुपैयाँ ) राखेको छ। वार्षिक ३ हजार करोड टर्नओभर भएको कम्पनिलाई मात्र बोलि लगाउने अनुमति बिसीसीआईले दिनेछ।

नयाँ फ़्रेन्चाइजमा जोडीनको लागि बोलि लगाउन ग्लेजर परिवारले सबै दस्तावेजहरु लिएको छ जसपछि पनि उनीहरुले फ़्रेन्चाइजको लागि बोलि लगाउनेछ या छैन भने ग्यारेन्टी छैन। यदी बोलि सफल भएको खण्डमा ग्लेजर परिवारले भारतमा नयाँ कम्पनि खोल्नु पर्नेछ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले भर्खरै एक सूचना जारि गर्दै दुई नयाँ फ़्रेन्चाइजसंग जोडिनको लागि इच्छुकहरुसंग बोलि माग गरेको छ किनकि यो आगामी वर्ष खेलाडीको मेगा अक्सन ( लिलामी ) अगाडी यो बारे जानकारी लिन आवश्यक छ।

लिलामी दस्तावेज लिने समुहहरुमा भारतको अदानी समूह, टोरेन्ट फर्मा, हिन्दुस्तान टाइम्स मिडिया, जिन्दल स्टिल, अर्बिन्दो फर्मा, आरपी-सन्जिब गोयनका समूह, उद्यमी रोनी स्क्रुवाला तथा अन्य तिन निजि इक्विटी रहेको छ।

लिगमा दुई नयाँ टिमहरु थपिएसंगै आईपीएलको खेल संख्या बढ्नेछ जसकारण बिसीसीआईले २०२३ देखि २०२७ सम्मको प्रशारण अधिकारबापत ५ बिलियन अमेरिकी डलर कमाउने अनुमान गरिएको छ। २०१८ देखि २०२२ सम्मको प्रशारण अधिकार स्टार भारतले १६ हजार ३ सय ५० करोडमा किनेको थियो।

( टाईम्स अफ इन्डियाबाट )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy