डिपिएल : फाइनल प्रवेशका लागि महेन्द्रनगर र काठमाडौं भिड्ने

Gyanendra Malla, Binod Bhandari
  • विकेटनेपाल – २७ चैत्र, मंगलवार  |

धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन् । मंगलवार भएको एलिमिनेटर खेलमा सिवाइसी अत्तरियालाई पराजित गरेसंगै महेन्द्रनगरले दोस्रो क्वालीफायरमा स्थान बनाएको हो। खेल १२:३० बजे बाट एसएसपी मैदानमा सुरु हुने तालिका रहेको छ। खेलमा बिजयी हुने टिमले शुक्रबार हुने फाइनल खेलमा टिम चौराहा धनगढीको सामना गर्नेछ।

धनगढीको एसएसपी मैदानमा सम्पन्न रोमान्चक खेलमा बिनोद भण्डारीको कप्तानीमा महेन्द्रनगर युनाइटेडले सुबास खकुरेलको कप्तानीमा रहेको सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्यो । महेन्द्रनगरको जितमा रोबिन जोशी नायक साबित भएका थिए। झिनो लक्ष्य (१३१) को बचाउ गर्ने क्रममा महेन्द्रनगरका रोबिनले २ विकेट चट्काएका थिए । सिवाइसीको चेजमा सुबाश खकुरेलले ३० रन जोडेका थिए । सिवाइसी बिरुद्दको जितसंगै महेन्द्रनगरले काठमाडौं गोल्डेन्ससंगको भेट पक्का गरेको थियो।

यस्तै काठमाडौं गोल्डेन्सले भने पहिलो क्वालिफायरमा टीम चौराहा धनगढी बिरुद्द १ विकेटको झिनो हार बेहोरेको थियो । टिम चौराहालाई जित दिलाउन संसाद शेख नायक रहेका थिए । दुई बलमा जितका लागि ६ रन जरुरत हुँदा शेखले छक्का प्राहार गर्दै चौराहालाई जित दिलाएका थिए ।

काठमाडौँ गोल्डेन्सले लिग चरणमा खेलेको ४ वटा खेलमा जित हात पारेको थियो भने १ खेल वर्षाको कारण नतिजाबिहिन भएको थियो। यस्तै महेन्द्रनगर युनाइटेडले ५ खेलमा २ जित र १ हार बेहोर्द २ खेल वर्षाको कारण नतिजाबिहिन भएको थियो। समुह चरणमा गोल्डेन्स लिगको शिर्षस्थानमा रहँदै तथा युनाइटेड तेश्रो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको थियो।

महेन्द्रनगर युनाइटेडको हालसम्मको नतिजा – 

पहिलो खेल – बिराटनगर किंग्सलाई ३३ रनले पराजित
दोश्रो खेल – टिम चौराहासंग ८ विकेटको हार
तेश्रो खेल – रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित
चौथो खेल – वर्षाले खेल रद्द ( सीवाईसी अत्तरियासंग )
पाँचौ खेल –  वर्षाले खेल रद्द ( काठमाडौँ गोल्डेन्ससंग )
छैठौ खेल ( इलिमीनेटर ) –  सीवाईसी अत्तरिया १५ रनले पराजित

Kathmandu Goldens
Kathmandu Goldens

काठमाडौं गोल्डेन्सको हालसम्मको नतिजा – 

पहिलो खेल – टिम चौराहालाई ७ विकेटले पराजित
दोश्रो खेल – रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित
तेश्रो खेल – सीवाईसी अत्तरियालाई ११ रनले पराजित
चौथो खेल – बिराटनगर किंग्सलाई ५ विकेटले पराजित
पाँचौ खेल – वर्षाले खेल रद्द ( महेन्द्रनगर युनाइटेड )
छैठौं खेल ( क्वालिफायर ) –  टिम चौराहासंग १ विकेटको हार

काठमाडौं गोल्डेन्स :

ज्ञानेन्द्र मल्ल (कप्तान) , नरेश बुढाएर , बिक्रम ठगुन्ना , ललित राजबंशी ,अमित श्रेष्ठ , सन्तोष भट्ट , किशोर महत्तो , राशिद खान , जितेन्द्र सिंह ठकुरी , शाहब आलम , पुस्प थापा , भुपेन्द्र थापा , संजय बस्नेत , सुबोध भाटी (भारत) , सन्नी पटेल (भारत)

महेन्द्रनगर युनाइटेड :

बिनोद भण्डारी (कप्तान) , करन केसी , अभिनास कर्ण , मोहम्मद आरिफ शेख , नारायण जोसी , प्रनित थापा मगर , हरि शंकर साह
अरुण ऐरी , भुवन कार्की , मोहम्मद आशिफ शेख , रोहित कुमार पौडेल , रोबिन क्षेत्रि , दिपेन्द्र चन्द , पुनित बिष्ट (भारत) , पुनित मेहरा (भारत)

 





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]