पन्जाब-हैदरावाद खेलमा अनौठो घटना, एकै बलमा दुई रिभ्यु पछि मुजिब आउट

बिहिबार सनराइजर्स हैदरावादले किंग्स-११ पन्जाबलाई सहजै ६९ रनले पराजित गर्दै लिगमा तेश्रो जित दर्ता गर्यो। खेलको क्रममा पन्जाबको दोश्रो इनिंगमा मुजिब उर् रहमानलाई आउट दिएपछिको घटनाक्रम रोचक थियो।

घटना पन्जाबले लक्ष्य पछ्याउने क्रममा १४ औं ओभरको पाँचौ बलमा भएको थियो। पन्जाब १२६/६ को अवस्थामा संघर्ष गर्दै थियो जो २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा थियो। पन्जाबका मुजिब उर् रहमान स्ट्राइकमा थिए। हैदरावाद पेसर खलिल एहमदले गरेको फुल लेन्थ बलमा सट खेल्न खोज्दा विकेटकिपरले क्याच गरे र आउटको लागि अपिल गरे।

सुरुवातमा अम्पायरले अपिललाई नकारेर आउट दिएनन्। बल जाँदै गर्दा मुजिबको ब्याटले पिचमा हिर्काएको मानेर अम्पायरले ब्याटमा नछोएको मान्दै नटआउट दिए। त्यसपछि हैदरावादका कप्तान डेभिड वार्नरले डिसिजन रिभ्यु गर्ने वा नगर्ने निर्णय लिन समिक्षा गरे। वार्नरले रिभ्यु नलिने निर्णय गरे तर, अम्पायरले आफै टिभी अम्पायरको सहयोग माग्ने निर्णय गरे। किनकि बलले ब्याटलाई छोएर गएको हो वा त्यो आवाज मुजिबले पिचमा ब्याटले हान्दा भएको हो भन्नेकुरा स्पस्ट थिएन।

त्यसपछि टिभी अम्पायरले रिप्लेमा हेरे जहाँ बलले ब्याटमा छोएर गएको स्पस्ट देखियो। तर अम्पायर रिभ्यु हुनाले बलले ब्याटमा छोए नछोएको निर्णय लिन ‘अल्ट्राएज’ को सहारा भने लिईएन। मुजिबलाई अम्पायरले आउट दिए जसपछि उनि मैदानबाट बाहिर निस्कदै थिए तब उनि बिचैमा रोकिए। त्यसपछि मुजिबले अम्पायरलाई रिभ्यु लिने इशारा गरे। त्यसपछि थोरै बहस पछि अम्पायरले रिभ्यु लिन माने र पुनः निर्णय टिभी अम्पायरमा पुग्यो।

मुजिबको रिभ्यु लिने निर्णयपछि कमेन्टेटरहरुले भने प्रश्न उठाए – “उनि ड्रेसिंग रुम तिर जाँदै थिए , उनलाई कसले रिभ्यु लिन भन्यो ?” कमेन्टेटर मार्क निकोलसले सोधे, त्यसपछि अर्का कमेन्टेटर पोमी एमबाँग्वाले जवाफ दिए “सम्भवतः ड्रेसिंग रुमबाट कसैले”

“पम, तपाईले सहि भन्नु भयो” निकोलसले बताए। कमेन्टेटरले आश्चर्य मान्नुको कारण के थियो भने खेलाडीले रिभ्यु लिंदा मैदान बाहिरबाट सहयोग लिन पाइदैन। मुजिबलाई कसैले मैदान बाहिरबाट रिभ्यु लिन भने पछि उनले रिभ्यु लिएको प्रस्ट थाहा पाउन सकिन्थ्यो।

मुजिबले रिभ्यु दिएपछि भने टिभी अम्पायरले ‘अल्ट्रा एज’ प्रयोग गरे जसले पनि बल जाँदै गर्दा ब्याटबाट आवाज आएको स्पस्ट देखायो। पुनः मैदानमा ठूलो स्क्रिनमा ‘आउट’ डिस्प्ले भयो। मुजिब दोश्रो पटक मैदान बाहिरिए।

उक्त घटनाले नतिजामा भने खास फरक पारेन। त्यस लगत्तै ओभरमा राशिद खानले निकोलस पुरन र मोहम्मद शामीलाई पेभेलियन फर्काए जसपछि पन्जाब खेलमा फर्कन सकेन। पन्जाब १३२ मा अलआउट भयो जसपछि छैठौं खेलमा तेश्रो जित दर्ता गर्दै हैदरावाद अंकतालिकामा तेश्रो स्थानमा उक्लियो। ६ अंक बटुलेको हैदरावादले नेट रन रेटमा कोलकाता र बैंगलोरलाई पछि पारेको हो। मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेको छ।

पन्जाबले आगामी खेल शनिवार कोलकाता बिरुद्ध तथा हैदरावादले आइतबार राजस्थान बिरुद्ध खेल्ने तालिका रहेको छ। लिग अन्तर्गत शुक्रबारको खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्नेछन्।

आश्विनले आखिर किन गरेनन् ‘मांकड’ ?

पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड

विस्फोटक ब्याटिंग गर्दै पुरनले बनाए सिजनकै सबैभन्दा छिटो अर्धशतक

पन्जाबलाई ठूलो अन्तरले पराजित गर्दै अंकतालिकामा हैदरावादको फड्को

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]