मूलपानी क्रिकेट मैदान स्तरोन्तीका लागि १० करोड

बुधबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को बजेट अन्तर्गत सरकारले खेलकुद विकासको लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

जारी गरेको बजेट अन्तर्गत सरकारले मुलपानी क्रिकेट मैदान आगामी दुई वर्षमा सम्पन्न गर्ने योजना सहित १० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको बजेटमा सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र सबै स्थानीय तहमा एक खेलग्राम निर्माण गर्न लागि योजना सुनाएको छ । यस्तै सरकारले काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर निर्माण गर्ने पनि योजना सुनाएको छ । त्यसका लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ।

Mulpani Cricket Ground
Mulpani Cricket Ground ( File Photo )

संघ, प्रदेश र स्थानीय तहमा खेलाडीको प्रशिक्षण, क्षमता विकासका लागि प्रोत्साहन गरिने उल्लेख गरेको छ। यसैगरी सरकारले काठमाडौंमा एउटा क्रिकेट एकेडेमी समेत निर्माण गर्ने र निजी क्षेत्रले लगानीमा बन्ने खेल मैदानलाई प्रोत्साहन गरिने जनाएको छ । यस्तै एक विद्यालय एक खेलकुद शिक्षक नियुक्त गर्न सरकारले ५ अर्ब रुपैयाँ छुट्याएको छ।

नेपालमा आगामी डिसेम्बरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलका लागि आवश्यक बजेट छुट्याइएको सरकारले जनाएको छ । त्यसका लागि भौतिक पूर्वाधार निमार्णका लागि विशेष प्राथमिकता दिने उल्लेख गरेको छ ।

यस अघि गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेट मध्ये एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र आठौं खेलकुद प्रतियोगिताका लागि २ अर्ब ४ करोड बजेट थियो । यो मध्ये दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमा हुन नसक्दा उक्त प्रतियोगिता डिसेम्बरका लागि सारिएको थियो ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]