मुलपानी मैदान खेलयोग्य बनाउन बजेट माग

Mulpani Cricket ground

२०६७ सालमै मैदान सम्याउने र पेभेलियन समेत निर्माण सम्पन्न गरिएको माथिल्लो मुलपानी क्रिकेट मैदान खेलयोग्य बनाउन रास्ट्रिय क्रिकेटर , अफिसियल र क्रिकेट संघ पदाधिकारीहरु सहितको टोलिले खेलकुद मन्त्रि दलजित श्रीपाली समक्ष बजेट माग गर्दै आईतबार ज्ञापन पत्र बुझाएका छन् l

सम्म मैदान र पेभेलियन तयार रहेको अवस्थामा थोरै लागतमानै खेल्न योग्य बनाउन सकिने तथा हाल उपत्यकामा मैदान अभाब भएको अवस्थामा मुलपानी स्थित माथिल्लो मैदान खेल योग्य बनाउन माग गरिएको छ l मैदान निर्माण गर्न आवस्यक बजेट रु १६ लाख ७६ हजार रुपैया मन्त्रालय बाट बिनियोजन गर्न क्रिकेटका बिभिन्न क्षेत्रमा आबद्ध ब्यक्तिहरुले मन्त्रि समक्ष ज्ञापनपत्र बुझाएका हुन् l

नेपाल क्रिकेट संघका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाका अनुसार यो मैदान खेल्ने अवस्थामा छैन ।

dsc_0396esw
सरकारले राखेपलाई भोगाधिकार दिएको मुलपानीस्थित माथिल्लो क्रिकेट खेलमैदान निर्माणको जिम्मा क्रिकेट संघले पाएको थियो । मैदान सम्याउने, बार लगाएको तथा पेभेलियन बनाउने काम भइसकेको छ । यसमा खेलकुदमन्त्री श्रीपाइलीले सकारात्मक जवाफ दिएको क्यनका प्रमुख कार्यसंचालन अधिकृत लामाले बताए ।

रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा, रास्ट्रिय क्रिकेट टिमका ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, सुबास खकुरेल, सोमपाल कामि, पुर्ब कप्तान बिनोद दास, नेपाल क्रिकेट संघ प्रमुख कार्यसंचालन अधिकृत छ्म्बी लामा, राखेप सदस्य शैलेश कुक्मर कर्माचार्य, अम्पायर बिनय झा, दुर्गानाथ सुबेदी, रास्ट्रिय टिमका टेक्निकल एनालिस्ट रमन सिवाकोटी, नेपाल क्रिकेट संघका लेखापाल राजेश महर्जनले ज्ञापन पात्र बुझाएका हुन् l

 

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy