मुलपानी मैदान २ वर्ष भित्र संचालनमा ल्याइने, यस्तो छ खेलकुद बारे नीति तथा कार्यक्रम

२०७६ बैशाख २०, शुक्रबार २०:०५

  • विकेटनेपाल, बैशाख-२० 

सरकारले आज गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ जसमा मुलपानी क्रिकेट मैदानलाई २ वर्ष भित्र पुरा गर्ने घोषणा गरेको छ।

राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा प्रस्तुत कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ वर्ष भित्र संचालनमा ल्याउने र क्रिकेट लगायत खेललाई सरकारले प्रोत्साहन गर्ने उल्लेख छ।

यस्तै निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट लगायतका खेल मैदानको निर्माण गर्न सरकारले प्रोत्साहन गर्ने तथा क्रिकेट विकासको लागि क्रिकेट एकेडेमी स्थापना गर्ने समेत बताईएको छ। सबै प्रदेशमा सुविधासम्पन्न रंगाशाला निर्माणको साथै दीर्घकालीन रुपमा खेलग्रामको विकास र विस्तार गर्ने कार्यलाई समेत सरकारले तिब्रता दिने बताएको छ।

खेलकुदबारे प्रस्तुत नीति र कार्यक्रम 

युवाको आर्थिक सामाजिक सशक्तीकरण गर्न उद्यमशीलता विकास एवं प्राविधिक तथा व्यावसायिक तालिम उपलब्ध गराइनेछ । सरकारी, निजी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र नेपाल स्काउटबाट मानवीय सेवा, विपद् व्यवस्थापन एवंराष्‍ट्रिय विकास निर्माण कार्यमा स्वयंसेवकको परिचालन गरिनेछ ।

काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्‍ट्रिय क्रिकेट मैदानआगामी दुई वर्ष्भित्र सञ्‍चालनमा ल्याइनेछ । निजी क्षेत्रको अग्रसरतामा हुनेक्रिकेटलगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ ।

काठमाडौं उपत्यकामा अन्तर्राष्‍ट्रियस्तरको राष्‍ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमाविस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ । सबै प्रदेशमा सुविधासम्पन्‍न रङ्‍गशाला र स्थानीय तहमा दीर्घकालीन महत्त्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीब्रता दिइनेछ । आवश्यक पूर्वाधार निर्माण सम्पन्‍न गरी सन् २०१९ भित्रै तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिनेछ।
माननीय सदस्यहरू, गरिबीको मनोविज्ञान हटाई आत्मविश्‍वास जागृत गरिनेछ । मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्‍न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ ।

नीति तथा कार्यक्रम २०७६-७७ फाइनल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy