मुलपानी मैदान २ वर्ष भित्र संचालनमा ल्याइने, यस्तो छ खेलकुद बारे नीति तथा कार्यक्रम

  • विकेटनेपाल, बैशाख-२० 

सरकारले आज गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ जसमा मुलपानी क्रिकेट मैदानलाई २ वर्ष भित्र पुरा गर्ने घोषणा गरेको छ।

राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा प्रस्तुत कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ वर्ष भित्र संचालनमा ल्याउने र क्रिकेट लगायत खेललाई सरकारले प्रोत्साहन गर्ने उल्लेख छ।

यस्तै निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट लगायतका खेल मैदानको निर्माण गर्न सरकारले प्रोत्साहन गर्ने तथा क्रिकेट विकासको लागि क्रिकेट एकेडेमी स्थापना गर्ने समेत बताईएको छ। सबै प्रदेशमा सुविधासम्पन्न रंगाशाला निर्माणको साथै दीर्घकालीन रुपमा खेलग्रामको विकास र विस्तार गर्ने कार्यलाई समेत सरकारले तिब्रता दिने बताएको छ।

खेलकुदबारे प्रस्तुत नीति र कार्यक्रम 

युवाको आर्थिक सामाजिक सशक्तीकरण गर्न उद्यमशीलता विकास एवं प्राविधिक तथा व्यावसायिक तालिम उपलब्ध गराइनेछ । सरकारी, निजी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र नेपाल स्काउटबाट मानवीय सेवा, विपद् व्यवस्थापन एवंराष्‍ट्रिय विकास निर्माण कार्यमा स्वयंसेवकको परिचालन गरिनेछ ।

काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्‍ट्रिय क्रिकेट मैदानआगामी दुई वर्ष्भित्र सञ्‍चालनमा ल्याइनेछ । निजी क्षेत्रको अग्रसरतामा हुनेक्रिकेटलगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ ।

काठमाडौं उपत्यकामा अन्तर्राष्‍ट्रियस्तरको राष्‍ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमाविस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ । सबै प्रदेशमा सुविधासम्पन्‍न रङ्‍गशाला र स्थानीय तहमा दीर्घकालीन महत्त्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीब्रता दिइनेछ । आवश्यक पूर्वाधार निर्माण सम्पन्‍न गरी सन् २०१९ भित्रै तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिनेछ।
माननीय सदस्यहरू, गरिबीको मनोविज्ञान हटाई आत्मविश्‍वास जागृत गरिनेछ । मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्‍न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ ।

नीति तथा कार्यक्रम २०७६-७७ फाइनल





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]