मूलपानी मैदानको नाम अब “जय कुमार नाथ शाह मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान”

मूलपानी क्रिकेट मैदानको नाम ‘जय कुमार नाथ शाह मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान (JKNS Mulpani International Cricket Ground) राखिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबार बसेको बैठकले मूलपानी मैदानको नाम संघका पूर्वअध्यक्ष रहेका स्व. शाहको नाममा राख्ने निर्णय गरेको हो ।

मूलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ । उक्त मैदानमा राष्ट्रिय प्रतियोगिता हुने गरेकोमा केही महिना अघि नेपालमा सम्पन्न एसीसी प्रिमियर कपबाट एकदिवसीय मान्यताप्राप्त खेल पनि खेलाइएको थियो।

यस्तै, वीरगञ्जमा रहेको नारायणी रंगशाला परिसरमा रहेको क्रिकेट मैदानको नाम संघका पूर्ववरिष्ठ उपाध्यक्ष तारणीविक्रम शाहको नाममा ‘टीबी शाह क्रिकेट मैदान’ राख्ने पनि निर्णय भएको क्यानले जनाएको छ।

को हुन जय कुमार नाथ शाह

स्वर्गीय जय कुमार नाथ शाह नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष हुन्। उनको ८९ वर्षको उमेरमा २०७४ साल भदौमा निधन भएको थियो।

सन् १९६६ साल देखि सन् २००६ सम्म ४० बर्ष क्यानको अध्यक्ष रहनुभएका शाहको कार्यक्रलमा नेपालले एसोसियट रास्ट्रको मान्यता पाएको थियो। आईसीसीले नेपाललाई सन् १९८८ मा एफिलिएट र सन् १९९६ मा एसोसिएट रास्ट्रको मान्यता दिएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ल्यान शाहले तात्कालिन समयमा ठुलै मेहनत गर्नुपरेको थियो ।

सन् २००४ मा शाहलाई आईसीसीले उनको योगदानको लागि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरको थियो । ( Photo – espncricinfo/icc )

सन् २००४ मा शाहलाई आईसीसीले उनको योगदानको लागि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरको थियो । यस्तै सन् २००८मा ममेरीलेबोन क्रिकेट क्लब ( एमसीसी ) ले समेत उनलाई आजीवन सदस्यता दिंदै सम्मान गरेको थियो ।

उनको निधन भएकै वर्ष क्यानले आफ्नो साधारणसभामा सम्मानित गरेको थियो। उक्त कार्यक्रममा बिशेस अतिथिको भूमिकामा समेत रहेका हुनले नेपाली क्रिकेटको वर्तमान अवस्था प्रति चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै उनले यसो भनेका थिए – “म क्रिकेटर हु र क्रिकेटकै भाषा बोल्छु । अहिले म ८९ मा नटआउट छु र अर्को सालबाट नर्वस नाइन्टीमा प्रवेश गर्दैछु। संयोगले मैले नेपाल र भारत दुवै ठाउँमा खेल्दा उच्चतम ९६ मा आउट भए, हेरौं जिवनमा पनि ९६ मै बोल्ड हुने हो वा सेन्चुरी पुऱ्याउछु !”

क्रिकेट संघको अध्यक्ष हुनु अघि शाह क्रिकेट खेलाडी समेत थिए । फुटबल, टेबलटेनिस तथा हाइजम्पमा समेत राम्रो खेलाडी रहेका शाह भारतको राँचीमा बस्दा क्रिकेटसंग जोडिएका थिए ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]