आईपीएल १४ को उद्घाटन खेलमा शुक्रबार डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई रोमान्चक खेलमा २ विकेटले पराजित गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीले आफ्नो टिमको फास्ट बलर हर्षल पटेलको तारिफ गरेका छन्।
आईपीएल इतिहासमै पहिलो पटक मुम्बई बिरुद्ध ५ विकेट लिने बलर बन्दै किर्तिमान कायम गरेका हर्षल पटेल उक्त प्रदर्शनको लागि प्लेयर अफ द म्याच चुनिए। यस क्रममा उनले इशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या काईरन पोलार्ड र मार्को जेन्सनको विकेट लिंदै ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए।
दायाँ हाते खेलाडीले बैंगलोरको लागि रोमान्चक जितमा अन्तिम बलमा विजयी रन समेत प्रहार गरे।
खेल पछि पोस्ट म्याच प्रेजेन्टेसन सेरेमोनीमा बोल्दै कोहलीले प्रतियोगितामा हर्षलले डेथ ओभरको बलिंगलाई निरन्तरता दिने बताए।
“हामीले हर्षललाई दिल्लीबाट ट्रेड गरेका हौँ। उनलाई आफ्नो जिम्मेवारी के हो राम्रोसंग थाहा छ र आफ्नो योजनामा स्पस्ट छन्। आज उनि फरक थिए। उनिनै हाम्रो डेथ बलर हुनेछन्।” कोहलीले बताए।
“कप्तानको रुपमा तपाईले खेलाडीहरु योजनामा स्पस्ट भएको हेर्न चाहन्छौं , उनि त्यही हुन्। जेमीसनले राम्रो सुरुवात गरे। युजी पनि राम्रो थिए भने सिराजले पनि राम्रो गरे। टि-२० क्रिकेटमा कप्तानको रुपमा तपाईले स्पस्टतालाई सबैभन्दा माथि राख्नुहुन्छ।”
“हर्षल निकै स्पस्ट थिए र आज उनको दिन थियो।”
कोहलीले दोश्रो इनिंग्समा पिच खेल्न मुस्किल भएको बताउदै आफ्नो र म्याक्सवेल बीचको साझेदारी खेलमा निकै महत्वपूर्ण भएको बताए।
“यो यस्तो पिच थियो जहाँ तपाई लाइनमा खेल्न सक्नुहुन्छ। तपाई ग्यापमा हिर्काउन र दगुर्न चलाख हुनु पर्थ्यो। चेन्नाईमा खेल्दा यो कुरा ख्याल राख्नु पर्छ। त्यसैले मेरो र म्याक्सी बीचको साझेदारी निकै महत्वपूर्ण थियो।” कोहली र म्याक्सवेलले तेश्रो विकेटको लागि ५२ रन जोडेका थिए।
कोहलीले डी भिल्लीयर्सको पनि तारिफ गरे जसले २७ बलमा ४८ रन बनाउदै जितमा महत्वपूर्ण भूमिका निभाएका थिए।
“एबि टिममा एक मात्र त्यस्तो खेलाडी हुन् जो निकै भर्सटायल छन्। उनले सुस्त विकेटमा जे गरे त्यो धेरैले गर्न सक्दैनन्। यस्तो खालको लक्ष्य पछ्याउदा तपाईलाई अनुभव आवस्यक पर्छ।”
बैंगलोरले आगमी खेलमा बुधबार सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्नेतालिका रहेको छ।
उद्घाटन खेलमा हर्ने शिलशिला कायमै रहेपछि मुम्बई कप्तान रोहित शर्माले पहिलो खेल भन्दा प्रतियोगिता जित महत्वपूर्ण भएको बताए।
“पहिलो खेल जित्नु भन्दा प्रतियोगिता जित महत्वपूर्ण हो। मलाई लाग्छ हामीले अन्तिमसम्म राम्रो प्रयास गर्यौं। हामिले राम्रो सुरुवात पछि २० रन कम बनायौं। पहिलो खेलमा पक्कै गल्तिहरु गर्यौं।”
“हामि एबि र क्रिस्टीएनको विकेट चाहन्थ्यौ त्यसैले बुम्राह र बोल्टलाई प्रयोग गर्यौं। दुर्भाग्य त्यो योजनाले काम गरेन।” रोहितले बताए।
रोहितले पिच ब्याटिंग गर्न मुस्किल भएको जसमा डीभिल्लीयर्सले राम्रो ब्याटिंग गरेको बताए- “पक्कै पनि पिच ब्याटिंग गर्न सहज थिएन। एबि उत्कृस्ट थिए र उनीहरुलाई जोगाए।”
मुम्बईले आगामी खेल कोलकाता नाइट राइडर्स बिरुद्ध अप्रिल १३ तारिख मंगलबार खेल्ने तालिका रहेको छ।
सम्बन्धित
https://wicketnepal.com/ipl-2021-1st-match-mi-vs-rcb/
https://wicketnepal.com/chennai-repl-behrendorff-wn21/
https://wicketnepal.com/14th-ipl-aaja-suru-hundai-sampurna-jank/