हैदराबादसँग ११८ रन भेटाउन नसक्दा मुम्बई फेरी पराजित

  • विकेटनेपाल, बैशाख १२ – बुधबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा मात्र ११८ रनको योगफल भेटाउन नसक्दा मुम्बई इन्डियन्स सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको छ ।

प्रतियोगितामा ६ खेल खेलेको मुम्बईले अहिलेसम्म एकमात्र जित हात पार्दै अंकतालिकामा सातौँ स्थानमा रहेको छ भने समान खेलबाट ४ जित हातपार्दै हैदराबाद तेस्रो स्थानमा रहेको छ ।

मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हैदराबादले ८ बल अगावै सबै विकेट गुमाएर ११८ रनमात्र बनाउन सकेको थियो । उसका लागि कप्तान केन विलियम्सनले २९ रन (२१ बल, ५ चौका), युसुफ पठानले २९ रन (३३ बल, २ चौका, १ छक्का), मनिष पाण्डेले १६ रन (११ बल, ३ चौका) र मोहम्मद नाबीले १४ रन (१० बल, २ चौका) बाहेक अरुले दोहोरो अंक छुन सकेनन् ।

केन विलियम्सन

बलिंगतर्फ मुम्बईका मयंक मर्कंडेले ३ ओभरमा १५ रन खर्चेर, हार्दिक पान्ड्यले ३ ओभरमा २० रन तथा मिचेल मेक्लेनेघनले ३ ओभरमा २२ रन खर्चेर समान २/२ विकेट लिए भने मुस्ताफिजुर रहमान र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।

शिखर धवनलाई आउट गरेपछि खुसि मनाउंदै मुम्बईका खेलाडी

जवाफमा लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले खराब ब्याटिंग गर्दै ७ बल अगावै सबै विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । खराब ब्याटिंग गर्दै २१/३ मा रहेको उसलाई सुर्यकुमार यादवले सम्हाल्ने प्रयासमा चौथो विकेटको लागि क्रुनाल पान्ड्यसँग ४० रनको साझेदारी गरेका थिए । सूर्यकुमारले ३४ रन (३८ बल, ४ चौका)   र क्रुनालले २४ रन (२० बल, ४ चौका) बनाए । अन्य खेलाडीहरुको ब्याटिंग निराशाजनक रह्यो ।

बलिंगतर्फ हैदराबादका लागि सिद्धार्थ कौलले ३ विकेट लिन २३ रन खर्चिदा रशिद खानले ११ रन र बसिल थम्पीले ४ रन खर्चेर समान २/२ विकेट लिए । राशिद खान म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]