हाईस्कोरिंग खेलमा मुनरो र एहमदको शानदार ब्याटिंग, इस्लामावादको उत्कृस्ट जित

कोलिन मुनरो र इफ्तिखार एहमदले आक्रामक ब्याटिंग गर्दा पाकिस्तान सुपर लिग अन्तर्गत २२ औं खेलमा इश्लामावाद युनाइटेडले ८ विकेटको शानदार जित दर्ता गरेको छ।

शेख जायद स्टेडिय अबुधाबीमा सम्पन्न खेलमा कराची किंग्सले दिएको १९१ रनको लक्ष्य इश्लामावादले २ विकेट गुमाएर ८ बल बाँकी रहँदै भेटायो।

इश्लामावादका ओपनर उस्मान ख्वाजा १२ तथा मुहम्मद अख्लक १ रन बनाएर आउट भएपछि अर्का ओपनर कोलिन मुनरो र इफ्तिखार एहमदले अविजित रहँदै टिमलाई जितसम्म पुर्याए। दुवैले मात्र १३.१ ओभरमा १४० रनको उत्कृस्ट साझेदारी गरे।

 

मुनरोले ५६ बलमा १२ चौका र २ छक्का मद्दतले अविजित ८८ रन तथा एहमदले ३९ बलमा ५ चौका र ५ छक्का मद्दतले ७१ रन बनाए। मुनरोले यस अघि क्वेटा बिरुद्ध जितमा पनि अविजित ९० रन बनाएका थिए।


यस अघि शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिंग गरेको कराचीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो।

कराचीको लागि कप्तान बाबर आजमले सर्वाधिक ८१ रन बनाए जुन क्रममा ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै नजीबुल्लाह जद्रानले अविजित ७१ रन बनाए जुन क्रममा ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। शर्जिल खानले २५ रन बनाए। बाबर र नजीबुल्लाहले तेश्रो विकेटको लागि ११७ रको साझेदारी गरेका थिए। बाबरलाई १९ औं ओभरमा हसन अलिले क्याच आउट गराए।

इस्लामावादको बलिंगमा हसन अलि, मोहम्मद वासिम, अलि खान र अकिफ जाभेदले समान १ विकेट लिए।

अंकतालिका 

जितपछि इस्लामावाद लिग अंकतालिकाको शिर्ष स्थानमा कायमै गरेको छ जसले ८ खेलमा ६ जित र २ हार पछि १२ अंक बटुलेको छ। हारपछि कराची ७ खेलमा ३ जित र ४ हार बेहोर्दै ६ अंकका साथ चौथो स्थानमा यथावत रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy