मुथैया मुरलीधरनसंगै एउटै प्रतियोगितामा मेहबुब र पारस खेल्ने

u19 youth asia cup
  • विकेटनेपाल, १७ असार

सिंगापुरमा अगस्ट ११ देखि १३ सम्म आयोजना हुने पाँचौ सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० क्रिकेट प्रतियोगितामा कीर्तिमानी श्रीलंकन बलर मुथैया मुरलीधरन संगै पारस खड्का र मेहबुब आलमले समेत सहभागिता जनाउने भएका छन् l

पारस खड्का र मेहबुब आलम दुवै सिंगापुर इमर्जिंग स्टार टिमबाट खेल्नेछन् भने मुरलीधरन खेल्ने क्लबको टुंगो लागिसकेको छैन l

प्रतियोगितामा आफ्नो सहभागिताको घोषणा मेहबुब आलमले शुक्रबार फेसबुक मार्फत गरेका थिए l आलमले प्रतियोगिता खेल्ने मौका पाएकोमा खुसि ब्यक्त गर्दै खेल्ने अवसर मिलाइदिने सिंगापुर रास्ट्रिय क्रिकेटर समेत रहेका धर्मीचन्द मुलेवालाई धन्यवाद दिएका छन् l

प्रतियोगितामा कुल ८ टोलिले सहभागिता जनाउदै छन् l अस्ट्रेलियाबाट सिड्नी क्रिकेट क्लब र मेलबर्न क्रिकेट क्लब, दक्षिण अफ्रीकाको रोलिन क्रिकेट क्लब, श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लब, हंगकंगको काउलुन क्रिकेट क्लब, भारतको  मद्रास क्रिकेट क्लब तथा सिंगापुरको सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिंग स्टार टोलिले प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ l

हाल अमेरिकामा रहेका पारसले सिंगापुरमा इमर्जिंग स्टार टिमबाट टि-२० प्रतियोगिता खेल्ने कान्तिपुरलाई बताएका छन् l

सिंगापुर इमर्जिंग स्टार टिममा सिंगापुर रास्ट्रिय क्रिकेटर, एसोसियट रास्ट्रका खेलाडीहरु सम्मेलित हुने क्लबले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएको छ l

सिंगापुर क्रिकेट क्लब सन् १८५२ मा स्थापना भएको हो जसको अध्यक्ष पुष्पेन्द्र सहारा हुन् l प्रतियोगितालाई सिंगापुर क्रिकेट एसोसिएसनले प्रमाणित गरिसकेको सिंगापुर क्रिकेट क्लबले बताएको छ l

प्रतियोगितामा सहभागी हुने हंगकंगको काउलुन क्रिकेट क्लबमा ७ जना हंगकंग रास्ट्रिय क्रिकेटर रहने बताईएको छ l वकास बर्कातको कप्तानी तथा बाबर हयात, निजकत खान, लगायत हंगकंग रास्ट्रिय क्रिकेटरहरु सहभागी हुनेछन् l

यो पनि पढ्नुस :-





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]