वेस्टइन्डिज क्रिकेट आर्थिक संकटमा रहेको बताउदै कप्तान होल्डरको इंग्ल्यान्डलाई यस्तो अनुरोध

२०७७ श्रावण १४, बुधबार ०७:१६

वेस्टइन्डिज कप्तान जेसन होल्डरले मुस्किल समयमा वेस्टइन्डिजले इंग्ल्यान्ड टुर गर्दै साथ दिएको हुँदा इंग्ल्यान्डले पनि यो वर्ष अन्त्यमा वेस्टइन्डिज टुर गरोस् भन्ने चाहना व्यक्त गरेका छन्।

तेश्रो टेस्टमा २६९ रनको ठुलो हार संगै सिरिजमा २-१ ले पराजित भएपछि बोल्दै होल्डरले वेस्टइन्डिज क्रिकेट डुब्न लागेको जसलाई पानि माथि ल्याउन इंग्ल्यान्डले भ्रमण गरेर सहयोग गर्न आग्रह गरे।

होल्डरले भारत र इंग्ल्यान्डले भ्रमण गर्दा वेस्टइन्डिज बोर्डलाई आर्थिक रुपमा लाभदायक हुने बताए। इंग्ल्यान्डले यो वर्ष अन्तिममा भारतको भ्रमण गर्ने तालिका रहेको छ तर कोरोनाका कारण भ्रमण बारे अझै प्रश्नचिन्ह रहेको छ।

“हामीलाई थाहा छैन यो सिरिज पछि अन्तर्राष्ट्रिय क्यालेन्डरमा के हुनेछ। तर मौका मिलेमा इंग्ल्यान्ड वर्षको अन्तिममा वेस्टइन्डिज आउन सक्छ। म ढुक्क छु यसले क्रिकेट वेस्टइन्डिजको आर्थिक सुधारमा निकै ठुलो भूमिका खेल्नेछ” होल्डरले बताए।

“२०२० को अन्त्यमा भ्रमण सम्भव भए हाम्रो संस्था चलायमान हुनको लागि ठुलो कदम हुनेछ।” होल्डरले वेस्टइन्डिज क्रिकेट आर्थिक समस्यामा रहेको पनि बताए।

यो पनि :- इंग्ल्यान्ड बिरुद्ध पहिलो वानडेको लागि आयरल्याण्डको १४ सदस्यीय टिमको घोषणा

इंग्ल्यान्ड र वेस्टइन्डिज बीचको सिरिजले इंग्ल्यान्डले कोभिड-१९ को संकटमा आकर्षक प्रशारण अधिकार पाएको थियो जसले इंग्ल्यान्ड बोर्डलाई ठुलो राहत दिएको छ।

“यो मुस्किल घडीमा इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतले मात्र क्रिकेट आयोजना गर्न सक्छ। अन्य सानो राष्ट्रहरु क्रिकेट सुरु गर्न आर्थिक रुपमा सबल छैनन्।”

“इंग्ल्यान्डले हामीलाई चार्टर्ड फ्लाइटबाट यहाँ ल्याउनु, होटल तथा सुरक्षा जस्ता व्यवस्था मिलाउन पक्कै ठुलो खर्च भएको छ। मलाई लाग्छ विशेषत वेस्टइन्डिज लगायत अन्य देशहरुले यो गर्न असभव छ।”

होल्डरले क्रिकेटको ठुलो राष्ट्रहरुबाट वेस्ट इन्डिज क्रिकेटले सहयोगको आशा गरेको बताए –

“हामि क्रिकेटमा लगानी जुटाउन ठुलो मुस्किल बेहोरिरहेका छौँ। निकै मुस्किल स्थिति रहेको छ। हामीले कमाउने भनेको भारत र इंग्ल्यान्डले आएर खेल्दिदा हो। अरु सिरिज आयोजना गर्दा नाफा भन्दा घाटा बेहोर्ने स्थिति हुन्छ।”

यो पनि पढ्नुस :- ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर

मुस्किल रह्यो टुर

होल्डरले २ इंग्ल्यान्ड टुरमा कोरोना सुरक्षाको कारण निकै मुस्किल भएको पनि बताए। २ महिना होटल भित्रै बस्दा आफुले साच्चिकै जिन्दगिनै नदेखेको बताएका हुन्।

“हामिलाई पछिल्लो २ महिना देखि घर भित्रै राखियो। हामिले वास्तविक जिन्दगिनै देख्न पाएका छैनौ। यो निकै मुस्किल थियो , उठ, पर्दा खोल जहाँ बाट तिमीले क्रिकेट मैदान मात्र देख्छौ। टिम बसमा पनि हामीले सधै गर्ने जस्तो रमाइलो थिएन।

होल्डरले आफ्नो टिमले अन्तिम टेस्टमा हार्नुको पछाडी खराब ब्याटिंगलाई दोष दिए।

धेरैले पढेको :-

– सेप्टेम्बरमा नामिबियामा त्रिकोणात्मक सिरिज खेल्न आईसीसीद्वारा नेपाललाई प्रस्ताव

– अब फ्रन्ट फुट ‘नो बल’को निर्णय थर्ड अम्पायरले गर्ने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy