IPL : जोफ्रा आर्चर ‘मोस्ट भ्यालुयबल प्लेयर’ , कसले के अवार्ड जिते

राजस्थान रोयल्सका तिब्र गति बलर जोफ्रा आर्चर आईपीएल २०२० को सबैभन्दा मूल्यवान खेलाडी (Most Valuable Player ) घोषित भएका छन्।

आर्चरले लिगमा १४ खेलमा १६.७० को स्ट्राइक रेट र १८.२५ को औशतले प्रतिओभर ६.५५ रन खर्चेर २० विकेट लिएका थिए। यस क्रममा उनले ५५.४ ओभर बलिंग गर्दा १७५ डट बल फालेका थिए। यस्तै उनले ब्याटिंगमा १८.८३ को औशत र १७९.३६ को स्ट्राइक रेटमा ११३ रन बनाएका थिए। कुल १० छक्का हिर्काएका उनले ५ वटा क्याच लिएका थिए।

आर्चर मूल्यवान खेलाडी चुनिएता पनि उनको टिम राजस्थान भने लिग अंकतालिकामा पुछारमा रह्यो। लिग इतिहासमै पहिलो पटक अंकतालिकामा पुछारमा रहेको टिमको खेलाडीले मूल्यवान खेलाडी अवार्ड जितेका हुन्। आर्चरले कुनै पनि खेलमा प्लेयर अफ द म्याच अवार्ड भने जितेनन्।

कसले के अवार्ड जिते  

अरेन्ज क्याप : केएल राहुल ( किंग्स-११ पन्जाब ) राहुलले कुल ६७० रन बनाउदै पहिलो पटक अरेन्ज क्याप जित्न सफल भए। उनले १४ खेलमा ५५.८३ को औशत, १२९.३४ को स्ट्राइक रेटमा १ शतक र ५ अर्धशतक प्रहार गरे।

पर्पल क्याप : कागीसो रबाडा ( दिल्ली क्यापिटल्स ) रबाडाले कुल ३० विकेट लिएर पर्पल क्याप पहिलो पटक जित्न सफल भए। उनले १७ खेलमा १८.२६ को औशत र १३.१३ को स्ट्राइक रेटले उक्त विकेट लिए जुन क्रममा २ पटक एकै इनिंगमा ४ विकेट लिए।

“पावरप्लेयर” : ट्रेन्ट बोल्ट ( मुम्बई इन्डीएन्स ) पावरप्लेको ओभरमा उत्कृस्ट प्रदर्शन गरेका उनले ५ पटक यो अवार्ड जित्दै यो सिजनको “पावरप्लेयर” घोषित भए।

सर्वाधिक छक्का : इशान किशन ( मुम्बई इन्डीएन्स ) कुल ३० छक्का प्रहार गर्दै किशन सर्वाधिक छक्का हिर्काउने खेलाडी भए।

सुपर-स्ट्राइकर : काईरन पोलार्ड ( मुम्बई इन्डीएन्स ) १९१.४२ को सर्वाधिक स्ट्राइक रेटले  १६ खेलमा २६८ रन बनाएका काइरन पोलार्ड सिजनको ‘सुपर स्ट्राइकर’ घोषित भए।

गेम चेन्जर  : केएल राहुल ( किंग्स-११ पन्जाब )

फेयरप्ले अवार्ड : मुम्बई इन्डीएन्स

उदयमान खेलाडी : देभदत्त पडीक्कल ( रोयल च्यालेन्जर्स बैंगलोर )  यो सिजन डेब्यु गरेका पडीक्कलले ५ अर्धशतक प्रहार गर्दै कुल ४७३ रन बनाए जसले उदयमान खेलाडीको अवार्ड पाए।

म्यान अफ द फाइनल : ट्रेन्ट बोल्ट ( मुम्बई इन्डीएन्स )

https://wicketnepal.com/mi-vs-dc-ipl2020-final-report-wn20/

https://wicketnepal.com/pak-vs-zim-3rd-t20i-wn20-report/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]