CPL : नाबीले कीर्तिमानी बलिंग गर्दा सेन्ट लुसियाको चौथो जित

मोहम्मद नाबीले करियरकै उत्कृस्ट बलिंग गरेपछि करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत १५ औं खेलमा ड्यारेन सामी कप्तानीको टिम सेन्ट लुसिया जुक्सले सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ६ विकेटले पराजित गरेको छ।

जितपछि लिगमा ६ खेल खेलेको जुक्स ४ जित र २ हार पछि ८ अंक बटुल्दै दोश्रो स्थानमा यथावत रहेको छ। अर्कोतर्फ सेन्ट किट्स भने पाँचौ खेलमा चौथो हार बेहोर्दै अंकतालिकाको पुछारमा २ अंक सहित यथावत रहेको छ। काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स ४ खेलमा शतप्रतिशत जितसहित ८ अंक बटुल्दै पहिलो स्थानमा यथावत रहेको छ।

ट्रिनिडाड एन्ड टोबागो स्थित क्विन्स पार्क ओभल स्टेडियममा सम्पन्न खेलमा सेन्ट किट्सले दिएको १११ रनको लक्ष्य सेन्ट लुसिया जुक्सले १४.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा जुक्सको लागी नजीबुल्लाह जद्रानले सर्वाधिक ३३ रन बनाए। यस्तै रोस्टन चेजले अविजित २७, ओपनर रखिम कर्नवालले २६ तथा आन्द्रे फ्लेचरले १६ रन बनाए। सेन्ट किट्सका लेग स्पिनर इमरान खानले ३ विकेट लिए।

नाबीको कीर्तिमानी बलिंग

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट किट्सले २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। उसको लागि बेन डंकले सर्वाधिक ३३, अल्जारी जोसेफले २१ तथा कप्तान रायद इम्रिटले १६ रन बनाए।

 

सेन्ट किट्सको ब्याटिंग सेन्ट लुसियाका अफ स्पिनर मोहम्मद नाबीले तहसनहस पारे। ४ ओभरमा नाबीले मात्र १५ रन खर्चेर ५ विकेट लिए। यस क्रममा अफ स्पिनरले स्पेलको पहिलो र दोश्रो ओभरमा २/२ विकेट तथा चौथो ओभरमा १ विकेट लिए।

नाबीको बलिंग ( ४-०-१५-५ ) सिपिएल टि-२० इतिहासकै तेश्रो सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो भने नाबीको टि-२० मा व्यक्तिगत उत्कृस्ट स्पेल हो।

सिपिएलमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल शाकिब अल हसनको नाम रहेको छ जसले २०१३ को सिरिजमा बार्बेडोस ट्राइडेन्टसको लागि खेल्दै ट्रिनिडाड एन्ड टोबागो रेड स्टिल बिरुद्ध ६ विकेट लिएका थिए। बंगलादेशी बायाँ हाते स्पिनरले त्यस क्रममा ४ ओभरमा १ मेडन गर्दै मात्र ६ रन मात्र खर्चेका थिए। सिपिएलको दोश्रो उत्कृस्ट बलिंग स्पेल पाकिस्तानी बलर सोहेल तन्भिरको नाममा रहेको छ जसले २०१७ मा गायनाको प्रतिनिधित्व गर्दै बार्बेडोस बिरुद्ध ५ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर सहित मात्र ३ रन खर्चेका थिए।

सिपिएल टि-२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले आगामी खेल अगस्ट २९ तारिक राती १२ बजे ( नेपाली समय ) सेन्ट किट्स बिरुद्ध खेल्नेछ। बिहिबार बिहान सम्पन खेलमा जमैका बार्बेडोस ट्राइडेन्ट्ससंग ३६ रनले पराजित भएको थियो। खेलमा सन्दिपले २ विकेट लिएका थिए।

यो पनि पढ्नुस :-

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

IPL : दिल्लीका ओपनर जेसन रोय प्रतियोगिताबाट बाहिरिए, सट्टामा अस्ट्रेलियन फास्ट बलर खेल्ने

टि-२० मा ५ सय विकेट लिने ब्राभो विश्वकै पहिलो बलर

पाँचौ खेलमा पनि सन्दिपको शानदार बलिंग, ७५ औं बलमा टुट्यो बाउन्ड्रीविहिन यात्रा

धोनीको तारिफ गर्दै बिसीसीआईको आलोचना गरेपछि मुस्ताकलाई पीसीबीको चेतावनी

“र अब हामि ३ हुनेछौँ” भन्दै कोहलीले गरे पिता हुने मितिको घोषणा

टुट्न मुस्किल छ आईपीएलका यी ८ रेकर्ड





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]