अफगानिस्तानका कप्तान नावीले दिए राजीनामा
, २०७९ कार्तिक १८, शुक्रबार २०:४३
अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान मोहम्मद नावीले टी-२० टिमको कप्तानबाट राजीनामा दिएका छन् ।
सुपर १२ अन्तर्गत समूह ए को अन्तिम खेलमा अफगानिस्तान अस्ट्रेलियासँग ४ रनले पराजित भएको थियो ।
कप्तानी छाडे पनि उनले अफगानिस्तानका लागि खेल्न नछाड्ने बताएका छन् । हारपछि विज्ञप्ति निकालेर नावीले भनेका छन्, ‘तत्काल लागु हुने गरी मैँले कप्तान छाडेको छु, टिम र व्यवस्थापनलाई मेरो आवश्यकता परेमा मैले राष्ट्रका लागि निरन्तर खेल्ने छु ।
सुपर १२ मा ३ खेल हारेको अफगानिस्तानले २ वटा खेलमा भने वर्षाका कारण अङ्क बाँडेको थियो ।
थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
पहिलो दिन नै खस्यो १३ विकेट
काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]
Editor's Choice
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]
समाचार
टिएनपीएल सेप्टेम्बरमा हुने
काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]
एसीसी वमेन्स एसिया कप २०२४
महिला एसिया कप : सेमिफाइनल खेलहरु आज
काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]