दुर्घटनामा अफगानिस्तान ओपनर नजीबुल्लाह गम्भीर घाइते

२०७७ आश्विन १७, शनिबार २३:०३

शुक्रबार कारले ठक्कर दिएपछि अफगानिस्तान क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान नजीबुल्लाह तरकाईको गम्भीर रहेको छ। क्रिक्बजका अनुसार नजीबुल्लाहको अवस्था स्थिर छैन। अफगानीस्तान क्रिकेट बोर्डका चिफ एक्जेक्युटिभ नजिम अब्दुलरमीजाईले उक्त कुराको पुस्टि गरेका छन्।

दुर्घटना अफगानिस्तानको पूर्वी नगरहरमा भएको थियो। समान खरिद गर्न जाने क्रममा नजीबुल्लाहलाई बाटो काट्दै गर्दा कारले ठक्कर दिएको थियो। त्यसपछि तुरुन्त उनलाई हस्पिटल लागिएको थियो।

“हिजो कार दुर्घटनामा परेपछि नजिब अहिले आईसीयुमा रहेका छन्। उनको अवस्था स्थिर छैन र डक्टरका अनुसार उनि गम्भीर घाइते भएका छन्। उनको स्थिति बारे केहि भन्न सकिने अवस्था छैन।” अब्दुलरमीजाईले बताए।


यस्तै शनिवार भएको अर्को दुर्घटनामा अम्पायर बिस्मिल्लाह जान शिनवारि कार बम बिस्फोटबाट बच्न सफल भएका छन्। तर उनको परिवारको ७ सदस्यहरुको भने निधन भएको छ।

२९ वर्षीय तरकाईले अफगानिस्तानको लागि १ वानडे र १२ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। उनले २०१७ मा आयरल्याण्ड बिरुद्ध एकमात्र वानडे खेलेका थिए। २०१४ मा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले अन्तिम पटक गत वर्ष सेप्टेम्बरमा बंगलादेश बिरुद्ध खेलेका थिए। १२ टि-२० मा उनले १ अर्धशतक मद्दतले २५८ रन बनाएका छन्।

लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास

IPL : कोहली फर्ममा फर्किदा बैंगलोरको तेश्रो जित, अंकतालिकाको शिर्ष स्थानमा

धोनीलाई लक्षित गर्दै पठानको व्यंग्यात्मक ट्वीट “कसैको लागि उमेर अंक मात्रै, अरुको लागि खेल छोड्ने कारण”

आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy