IPL : आईपीएलबाट नाम फिर्ता लिएका ७ खेलाडीहरु र सट्टामा खेल्ने खेलाडीहरु

सेप्टेम्बर १९ देखि आयोजना हुने आईपीएल नजिकिदै जाँदा कोभिड-१९ को कारण अपनाइएको सावधानीहरु टिमको टाउको दुखाइ बनेको छ भने अर्कोतर्फ प्रतियोगिता नजिकिदै गर्दा लिगबाट नाम फिर्ता लिने खेलाडीहरुको सूची लम्बिदा झनै तनाब थपिएको छ। चेन्नाईका भेट्रान स्पिनर हरभजन सिंह शुक्रबार इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२० बाट नाम फिर्ता लिने सबैभन्दा पछिल्लो खेलाडी हुन्। ४० वर्षीय अफस्पिनरले व्यक्तिगत कारण देखाउदै विश्वकै धनि क्रिकेट लिगबाट नाम फिर्ता लिएका हुन्। कोरोना महामारीका कारण भारतबाट युएईमा सारिएको आईपीएल नखेल्ने निर्णय लिने सिंह एक्ला क्रिकेटर हैनन् उनिसंगै अन्य क्रिकेटरहरु पनि लिग नखेल्ने निर्णयमा पुगेका छन्। प्रस्तुत छ आईपीएल १३ औं सिजन नखेल्ने निर्णय लिएका क्रिकेटरहरुको सूची :-

१. ह्यारी गर्नी ( कोलकाता नाइट राइडर्स ) :

गर्नेको सट्टा कोलकाताले बंगलादेशी फास्ट बलर मुस्तफिजुर रहमान ल्याउन प्रयास गरिरहेको छ

इंग्ल्यान्ड फास्ट बलर गर्नीले ढाडको चोटका कारण प्रतियोगिता खेल्न नपाएका हुन्। उनलाई कोलकाताले अक्सनमा बेस प्राइस ७५ लाख भारु अर्थात् १ करोड २० लाख नेपाली रुपैयाँमा टिममा लिएको थियो। गत सिजन कोलकाताको लागि ८ खेल खेलेका गर्नेले ७ विकेट लिएका थिए। ह्यारीको स्थानमा कोलकाताले बंगलादेशका तीव्र गति बलर मुस्तफिजुर रहमानलाई टिममा ल्याउने प्रयास गरेकोछ। तर बंगलादेश बोर्डले रहमानलाई आईपीएल खेल्न अनुमति दिएको छैन।

२. जेसन रोय ( दिल्ली क्यापिटल्स ) : इंग्ल्यान्ड ओपनर जेसन रोय पाकिस्तानसंगको टि-२० सिरिज अघि अभ्यासको क्रममा घाइते भएपछि आईपीएलबाट नाम फिर्ता लिएका थिए। पाकिस्तान र अस्ट्रेलियासंगको टि-२० सिरिजको लागि उनलाई टिमबाट बाहिर राखिएको थियो। रोयले २०१७ र २०१८ को सिजन आईपीएल खेल्ने क्रममा २९.८३ को औशतले ८ खेलमा १७९ रन बनाएका थिए। रोयको सट्टा दिल्लीले अस्ट्रेलियन फास्ट बलर ड्यानियल स्याम्सलाई टिममा बोलाएको छ।

जेसन रोयको सट्टा दिल्लीले अस्ट्रेलियन फास्ट बलर ड्यानियल स्याम्सलाई अनुबन्ध गरेको छ

स्याम्स गत सिजन बिग ब्यास लिगको सर्वाधिक विकेट लिने बलर हुन्। स्याम्सलाई जेसन रोयकै मुल्य १.५ करोड भारु अर्थात् २ करोड ४० लाख नेपाली रुपैयाँमा दिल्लीले अनुबन्ध गरेको हो। २८ वर्षीय स्याम्स गत सिजन बिग ब्यास लिगमा उत्कृस्ट बलिंग गरेपछि चर्चामा आएका थिए। बायाँ हाते फास्ट बलरले सिड्नी थन्डर्सको प्रतिनिधित्व गरेका थिए जुनक्रममा २७ वर्षीय बलरले प्रतियोगिताकै सर्वाधिक ३० विकेट लिएका थिए। स्याम्स डेथ ओभरमा राम्रो बलिंग गर्न सक्ने बलर हुन्। हालसम्म ३७ टि-२० खेलेका स्याम्सले १८.३६ को औशतले ५२ विकेट लिईसकेका छन्।

३. सुरेश रैना ( चेन्नाई सुपर किंग्स ) : ३३ वर्षीय पूर्व भारतीय क्रिकेटर तथा तिन पटक आईपीएल विजेता चेन्नाई टिमको सदस्य रैना आईपीएलको १३ औं सिजन नखेल्ने ठूला क्रिकेटर मध्ये एक हुन्। उनले व्यक्तिगत कारण देखाउदै लिगबाट नाम फिर्ता लिएका थिए। आईपीएल इतिहासमै बिराट कोहली ( ५४१२ रन ) पछि सर्वाधिक रन बनाउने ( ५३६८ ) ब्याट्सम्यान रैनाको सट्टामा अर्को खेलाडी चेन्नाईले अझै घोषणा गरेको छैन। यो पढ्नुस – “कोहि पनि ठोस कारण बिना २० करोड छोडेर हिड्दैन” – सुरेश रैना

चेन्नाईका सुरेश रैना र हरभजन सिंह दुवैले आईपीएलबाट नाम फिर्ता लिएका हुन्

४. हरभजन सिंह ( चेन्नाई सुपर किंग्स ) : लिग नखेल्ने निर्णय लिने चेन्नाई टिमको दोश्रो खेलाडी बन्ने क्रममा हरभजन सिंहले पनि व्यक्तिगत कारण अघि सारेका छन् जसलाई उनले गोप्य राखेका छन्। लासिथ मालिंगा ( १७० ) र अमित मिश्रा ( १५७ ) पछि लिग इतिहासमै धेरै विकेट( १५० )  लिने अफ स्पिनर सिंहको प्रतिस्थापनमा चेन्नाईले अर्को खेलाडी अनुबन्ध गरेको छैन। टिममा इमरान ताहिर, मिचेल स्यान्टनर र पियुश चावला, रभिन्द्र जडेजा जस्ता स्पिनरहरु रहेकाले धोनी कप्तानीको टिम चिन्तित भने छैन।

५. केन रिचर्डसन ( रोयल च्यालेन्जर्स बैंगलोर ) : अस्ट्रेलियन पेस बलरलाई कोहली कप्तानीको टिमले ४ करोड भारु अर्थात् ६ करोड ४० लाख नेपाली रुपैयाँमा टिममा लिएको थियो। तर उनले त्यति ठुलो रकमको सट्टा आफ्नो श्रीमती नाइकीबाट जन्मिन लागेको पहिलो सन्तानलाई रोज्न पुगे। रिचर्डसनको सट्टा बैगलोरले अस्ट्रेलियाकै अर्का खेलाडी लेग स्पिनर एडम जाम्पालाई टिममा अनुबन्धित गरेको छ। जाम्पाले आईपीएलमा कुल ११ खेल खेल्ने क्रममा १९ विकेट लिएका छन्।

लेग स्पिनर एडम जाम्पाले अर्का अस्ट्रेलियन खेलाडी केन रिचर्डसनलाई प्रतिस्थापन गरेका छन्

६. क्रिस वोक्स ( दिल्ली क्यापिटल्स ) : इंग्ल्यान्ड अल-राउन्डर वोक्सले आईपीएल पूर्व निर्धारित मितिमा नभए पछि इंग्ल्यान्डको लागि खेल्न ध्यान केन्द्रित गर्न भन्दै लिग नखेल्ने निर्णय लिएका थिए। तर वोक्सले उक्त निर्णय बारे पछि पछुतो भने मानेका थिए। उनलाई १.५ करोड भारु अर्थात् २ करोड २० लाख नेपाली रुपैयाँमा टिमले भित्र्याएको थियो। आईपीएलमा कुल १८ खेल खेलेका वोक्सले २५ विकेट लिएका छन्। वोक्सको सट्टा दिल्लीले दक्षिण अफ्रिकी फास्ट बलर एनरिक नोर्कियालाई टिममा भित्र्याएको छ।

वोक्सको सट्टा दक्षिण अफ्रिकी फस्ट बलर एनरिक नोर्कियालाई दिल्लीले भित्र्याएको छ

पछिल्लो बर्ष नोर्किया कोलकाता नाइट राइडर्स टिममा समावेश भएता पनि चोटको कारण डेब्यु गर्ने मौका भने पाएका थिएनन्। १५० किमी/घण्टाको गतिमा बलिंग गर्न सक्ने नोर्कियाले २०१९ मा दक्षिण अफ्रीकाको लागि तिन वटै फर्म्याटमा डेब्यु गरेका थिए। २६ वर्षीय दायाँ हाते फास्ट बलरले हालसम्म ६ वटा टेस्ट, ७ वानडे तथा ३ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन् जसमा उनले क्रमशः १९, १४ र २ विकेट हात पारेका छन्।

७. लासिथ मालिंगा ( मुम्बई इन्डीएन्स ) :

मालिंगाको स्थान अस्ट्रेलियन फास्ट बलर जेम्स प्याटीन्सनले लिनेछन्

श्रीलंकन लेजेन्ड बलर मालिंगाले पनि व्यक्तिगत कारण देखाउदै लिगबाट नाम फिर्ता लिएका हुन्। ३७ वर्षीय बलर आईपीएल इतिहासकै सबैभन्दा सफल बलर हुन् जसले लिग इतिहासकै धेरै १७० विकेट आफ्नो नाम गरेका छन्। मलिंगाको प्रदर्शन गत वर्ष मुम्बईले चौथो पटक लिगको उपाधि जित्दा महत्वपूर्ण रहेको थियो। फाइनलमा चेन्नाई सुपर किंग्सलाई अन्तिम बलमा २ रन आवस्यक हुँदा मलिंगाले शार्दुल ठाकुरलाई एलबिडब्लु गर्दै १ रनको रोमान्चक जित दिलाएका थिए।

मालिंगाको सट्टा रोहित शर्मा नेतृत्वको मुम्बईले अस्ट्रेलियन फास्ट बलर जेम्स प्याटीन्सनलाई टिममा अनुबन्ध गरिसकेको छ। ३० वर्षीय प्याटीन्सले अस्ट्रेलियाको लागि २१ टेस्ट, १५ एकदिवसीय र ४ वटा टि-२० खेलेका छन् जुन क्रममा क्रमशः ८१, १६ र ३ विकेट लिएका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-9th-m-vs-barbados-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/eng-beat-aus-1st-t20i-wn20/

https://wicketnepal.com/alochana-pachi-azam-le-wn20/

https://wicketnepal.com/harbhajan-singh-nakhelne-ipl-w20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/

https://wicketnepal.com/dhoni-batting-line-up-gambhir-ipl-wn20/





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]