युएई र ओमानमा संयुक्तरुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा नामिबियाले टि-ट्वान्टी विश्वकपमा आफ्नो इतिहासकै पहिलो जित दर्ता गर्ने क्रममा नेदरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ।
अबुधाबी स्थित शेख जायद स्टेडियममा नेदरल्याण्डले दिएको १६५ रनको लक्ष्य नामिबियाले ४ विकेट क्षेतीमा १९ ओभरमा भेटायो। नामिबियाको लागि पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रहीसकेका डेभिड विजेले सर्वाधिक ६६ रन बनाए जुन क्रममा अविजित रहेका उनले ४० बलमा ४ चौका र ५ छक्का प्रहार गरे। गेरार्ड इरास्मसले ३२, स्टेफेन बार्डले १९, जेन ग्रिनले १५ तथा जेजे स्मिथले अविजित १४ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा नामिबियाले सुरुवाती ३ विकेट ५२ रनमा गुमाएको थियो। त्यसपछि कप्तान गेरार्ड इरास्मस र डेभिड विजाले चौंथो विकेटको लागि ९३ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। सत्रौं ओभरमा इरास्मस आउट हुँदा नामिबिया जित नजिक पुगीसकेको थियो। त्यसपछि विजेले जेजे स्मिथसंग अविजित रहँदै टिमलाई जितसम्म पुर्याए। नेदरल्याण्ड बलर फ्रेड क्लासेन, कोलिन एंकरम्यान, भान डर गुग्टेन र पिटर सिलारले समान एक विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट क्षेतीमा १६४ रन बनाएको थियो।
नेदरल्याण्डको लागि ओपनर म्याक्स ओ डोडले सर्वाधिक ७० रन बनाए जुन क्रममा ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै कोलिन एंकरम्यानले ३५, स्कट एड्वार्ड्सले अविजित २१ तथा स्टेफेन माइबर्गले १७ रन बनाए। ओ डोड र एंकरम्यानले तेश्रो विकेटको लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। नामिबिया बलर जान फ्रीलिंकले २ तथा डेभिड विजाले १ विकेट लिए।
पहिलो खेलमा श्रीलंकासंग ७ विकेटले पराजित भएको नामिबियाले पहिलो जितसंगै दोश्रो चरण पुग्ने सम्भावना कायमै राखेको छ। अर्कोतर्फ पहिलो खेलमा आयरल्याण्डसंग ७ विकेटले पराजित नेदरल्याण्डको दोश्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ। समुह ‘बि’ अन्तर्गत आज दोश्रो खेलमा आयरल्याण्ड र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्।