युएईद्वारा नामिबिया पराजित, श्रीलंका र नेदरल्याण्ड सुपर-१२ मा

युएईसंग ७ रनले पराजित हुँदा नामिबिया टि-ट्वान्टी विश्वकप २०२२ को पहिलो चरणबाट बाहिर भएको छ।

नामिबिया बाहिर हुँदा नेदरल्याण्ड समुह ‘ए’ बाट सुपर-१२ चरण प्रवेश गरेको छ। यस अघिनै श्रीलंका समुह विजेताको रुपमा सुपर -१२ पुगीसकेको छ। श्रीलंका र नेदरल्याण्डले ३ खेलमा समान २ जित र १ हार बेहोरेता पनि नेट रन रेटमा श्रीलंका समुह विजेता रह्यो। नामिबिया र युएईले ३ खेलमा १ जित र २ हार बेहोर्दै २ अंक बटुले।

अस्ट्रेलियाको जिलोंगमा सम्पन्न खेलमा युएईले दिएको १४९ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १४१ रन मात्र बनायो। पहिलो दुई खेलमा पराजित युएई सान्त्वना जित सहित प्रतियोगिताबाट बाहिर भयो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाको सुरुवात खराब रह्यो। ६७ रन जोड्दा उसले ६ विकेट गुमायो। सातौँ नम्बरमा ब्याटिंग गर्न आएका डेभिड विजाए नवौं नम्बरका रुबेल ट्रंपलम्यानसंग अर्धशतकीय साझेदारी गर्दै टिमलाई उकासे। ३३ रन बनाउदा विजाको क्याच मुहम्मद वासिमले छाडेपछि विजाले ३१ बलमा अर्धशतक पुरा गरे।

अतिम २ ओभरमा जित्न २० रन आवस्यक हुँदा उन्नाईसौं ओभरमा जहुर खानले मात्र ६ रन खर्चिए। अन्तिम ओभरमा जित्न १४ रन आवस्यक रह्यो। अन्तिम ओभरमा मुहम्मद वासिमले कसिलो बलिंग गरे र पहिलो ३ बलमा ४ रन मात्र खर्चिए। चौंथो बलमा डेभिड विजालाई क्याच आउट पर्दै वासिमले ७० रनको साझेदारी तोड्दै युएईलाई खेलमा फर्काए। अन्तिम २ बलमा २ रन मात्र खर्चदै वासिमले युएईलाई जित दिलाए।

डेभिड विजाले ३६ बलमा ५५ रन तथा रुबेन ट्रंपलम्यानए अविजित २५ रन बनाएता पनि नामिबियालाई जीत दिलाउन सकेनन्।

युएई बलर बसिल हमिद र जहुर खानले २/२ विकेट लिए। जहुर खान, कार्तिक मैयेप्पा र मुहम्मद वासिमले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरको युएईले २० ओभरमा ३ विकेट क्षेतीमा १४८ रन बनायो।

युएईको लागि ओपनर मुहम्मद वसिमले सर्वाधिक ५० र बनाए। कप्तान चुन्दनगापोयील रिजवानले अविजित ४३, बसिल हमिदले अविजित २५ तथा भृत्य अरविन्दले २१ रन बनाए। दोश्रो विकेटको लागि रिजवान र वासिम बीच ५८ रनको साझेदारी गरेका थिए।

नामिबियाको बलिंगमा डेभिड विजा, बर्नार्ड स्कल्ज र बेन शिकोंगोले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न समुह ‘ए’ अन्तर्गतको खेलमा श्रीलंकाले नेदरल्याण्डलाई १६ रनले पराजित गर्यो। श्रीलंकाले दिएको १६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले २० ओभरमा ९ विकेट क्षेतीमा १४६ रन मात्र बनाउन सक्यो। श्रीलंकाको लागि प्लेयर अफ द म्याच घोषित कुशल मेन्डिसले ४४ बलमा ७९ रनको योगदान दिए भने बलिंगमा वानिन्दु हसरंगाले ३ तथा महेश तिक्षनाले २ विकेट लिए। म्याक्स ओ डोडले अविजित ७१ रन बनाएता पनि नेदरल्याण्डलाई जित दिलाउन सकेनन्।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]