ICC WCL2 : पपुवा न्यु गिनीविरुद्ध नामिवियाको कठिन जित

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलि नामिबियाले पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गरेको छ।

विन्ढोकमा सोमबार सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको २३७ रनको लक्ष्य नामिबियाले २ ओभर बाँकी हुँदा ७ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाले १८५ रन बनाउदा ७ विकेट गुमायो। तर आठौँ नम्बरमा आएका रुबेन ट्रंपलम्यान र नवौं नम्बर का पिकी या फ्रान्सले आठौँ विकेटको लागि अविजित ५६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। ट्रंपलम्यानले अविजित ५५ तथा फ्रान्सले अविजित २३ रन बनाए। यस अघि कप्तान जेरार्ड इरास्मसले ७१ रन बनाएका थिए।

पपुवा न्यु गिनीका नोर्मन भानुवाले २ विकेट तथा कबुवा मोरीया, अलि निओ, रिले हेकुरे, असद भाला र सिसि बाउले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ४९.२ ओभरमा २३६ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि कप्तान असद भालाले सर्वाधिक ५९ रन बनाए। ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले ५७ र ५० रन तथा सिसि बाउले ३७ रन बनाए।

२१६ रन बनाउदा ३ विकेट गुमाएको अवस्थाबाट इनिंग्सको अन्तिममा लगातार व्केट गुमाउदा थप २० रन जोड्दा पपुवा न्यु गिनी अलआउट भयो।

नामिबियाका बलर टांगेनि लुन्गानेनि एक्लैले ६ विकेट लिए जुन क्रममा ९ ओभरमा ४२ रन खर्चिए। विश्वकप लिग-२ मा सन्दिप लामिछानेको ( ६-१-१६-६ ) को स्पेल पछि यो दोश्रो उत्कृस्ट स्पेल हो। दुई बलरले मात्र लिग-२ को एकै इनिंग्समा ५ विकेट भन्दा बढी लिन सकेका छन्। रुबेन ट्रंपलम्यानले बलिंगमा पनि ४ विकेट लिए।

अंकतालिका र आगामी खेल 

२५ खेलमा १५ जित र १० हार बेहोरेको नामिबिया ३० अंक सहित अंकतालिकाको चौंथो स्थानमा छ। पपुवा न्यु गिनी २७ खेलमा २४ औं हार पछि ५ अंक सहित सातौँ स्थानमा यथावत छ।

जारि सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले पहिलो खेलमा पपुवा न्यु गिनीलाई ८ विकेटले पराजित गर्दा अमेरिकासंग ७१ रनको हार व्यहोरेको थियो। सिरिजको बाँकी दुई खेल नोभेम्बर २५ र २६ तारिखमा हुनेछ जसमा पपुवा न्यु गिनी र अमेरिका तथा नामिबिया र अमेरिका बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]