ICC WCL2 : पपुवा न्यु गिनीविरुद्ध नामिवियाको कठिन जित

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलि नामिबियाले पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गरेको छ।

विन्ढोकमा सोमबार सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको २३७ रनको लक्ष्य नामिबियाले २ ओभर बाँकी हुँदा ७ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाले १८५ रन बनाउदा ७ विकेट गुमायो। तर आठौँ नम्बरमा आएका रुबेन ट्रंपलम्यान र नवौं नम्बर का पिकी या फ्रान्सले आठौँ विकेटको लागि अविजित ५६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। ट्रंपलम्यानले अविजित ५५ तथा फ्रान्सले अविजित २३ रन बनाए। यस अघि कप्तान जेरार्ड इरास्मसले ७१ रन बनाएका थिए।

पपुवा न्यु गिनीका नोर्मन भानुवाले २ विकेट तथा कबुवा मोरीया, अलि निओ, रिले हेकुरे, असद भाला र सिसि बाउले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ४९.२ ओभरमा २३६ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि कप्तान असद भालाले सर्वाधिक ५९ रन बनाए। ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले ५७ र ५० रन तथा सिसि बाउले ३७ रन बनाए।

२१६ रन बनाउदा ३ विकेट गुमाएको अवस्थाबाट इनिंग्सको अन्तिममा लगातार व्केट गुमाउदा थप २० रन जोड्दा पपुवा न्यु गिनी अलआउट भयो।

नामिबियाका बलर टांगेनि लुन्गानेनि एक्लैले ६ विकेट लिए जुन क्रममा ९ ओभरमा ४२ रन खर्चिए। विश्वकप लिग-२ मा सन्दिप लामिछानेको ( ६-१-१६-६ ) को स्पेल पछि यो दोश्रो उत्कृस्ट स्पेल हो। दुई बलरले मात्र लिग-२ को एकै इनिंग्समा ५ विकेट भन्दा बढी लिन सकेका छन्। रुबेन ट्रंपलम्यानले बलिंगमा पनि ४ विकेट लिए।

अंकतालिका र आगामी खेल 

२५ खेलमा १५ जित र १० हार बेहोरेको नामिबिया ३० अंक सहित अंकतालिकाको चौंथो स्थानमा छ। पपुवा न्यु गिनी २७ खेलमा २४ औं हार पछि ५ अंक सहित सातौँ स्थानमा यथावत छ।

जारि सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले पहिलो खेलमा पपुवा न्यु गिनीलाई ८ विकेटले पराजित गर्दा अमेरिकासंग ७१ रनको हार व्यहोरेको थियो। सिरिजको बाँकी दुई खेल नोभेम्बर २५ र २६ तारिखमा हुनेछ जसमा पपुवा न्यु गिनी र अमेरिका तथा नामिबिया र अमेरिका बीच प्रतिस्पर्धा हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy