ओमान पहिले ब्याटिङ गर्दै

काठमाडौं । नवौ संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा ओमानले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा भएको टसमा नामिबिया कप्तान ग्रेहार्ड इरास्मसले टस जितेर बलिङ रोजेपछि ओमानले पहिले ब्याटिङ गर्दैछ ।

नामिबियाको टी-२० विश्वकपमा यो लगातार तेस्रो सहभागीता हो । २०२१ मा पहिलो पटकको सहभागीतामा सुपर १२ मा स्थान बनाउँन सफल नामिबियाले गत संस्करणको आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै ठूलो सफलता हात पारेको थियो । नामिबिया अफ्रिका महादेश छनोटबाट शीर्ष दुईमा रहेर विश्वकपमा छनोट भएको हो ।

यता, तेस्रो पटक विश्वकप खेल्दै गरेको ओमान एसिया क्षेत्र छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । ओमानले छनोटको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो ।

ओमान र नामिबियाबीच टी-२० आईको पछिल्लो पाँच खेलमा नामिबिया तीन तथा ओमान दुई खेलमा विजयी भएको छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]