नन्दनलाई पहिलो पटक समेट्दै नामिबिया टुरको लागि नेपाली टिमको घोषणा

नामिबियामा डिसेम्बर १ तारिख देखि सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा भएको छ।

डिसेम्बर १ देखि ८ तारिखसम्म नेपालले घरेलु टिम नामिबिया र स्कटल्याण्डसंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

रोहित पौडेल कप्तानीको टिममा युवा दायाँ हाते फास्ट बलर नन्दन यादवले मौका पाएका छन्। नेपाली अन्डर-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका यादव घरेलु फ़्रेन्चाइज् लिगमा नियमित राम्रो प्रदर्शन गर्दै आएका यादव पहिलो पटक राष्ट्रिय टिममा अटाएका हुन् । भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको लागि खेलेका यादवले ४ खेलमा ६ विकेट लिएका थिए । यादव गत वर्ष एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजको लागि खेल्ने क्रममा ८ खेलको ७ इनिंग्समा ९ विकेट लिंदै चौंथो सर्वाधिक विकेटकर्ता थिए । गत वर्ष प्रधानमन्त्रीकपमा यादवले ५ खेलमा ८ विकेट लिएका थिए। यादव आक्रामक ब्याट्सम्यान समेत हुन् जो तल्लो क्रममा विस्फोटक सटहरु खेल्ने क्षमता राख्छन् ।

Nandan Yadav
Nandan Yadav

भर्खरै सम्पन्न घरेलु सिरिजमा टिममा अरहेका फास्ट बलिंग अलराउण्डर गुल्सन झा, देब्रे हाते ब्याटिंग अलराउण्डर हरिशंकर शाह तथा देब्रे हाते स्पिनर सागर ढकालले टिममा निरन्तरता पाएका छन् । सागरले युएई सिरिजमा कुनै पनि खेलमा मौका पाएका थिएनन्।

मोहम्मद आदील आलम, कमल सिंह ऐरी, भिम शार्कीले भने टिममा स्थान पाउन सकेनन् ।

घोषित १४ सदस्यीय नेपाली टिम : रोहित पौडेल, अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी, करन केसी, सोमपाल कामि, हरिशंकर शाह, सागर ढकाल, नन्दन यादव

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy