नन्दनलाई पहिलो पटक समेट्दै नामिबिया टुरको लागि नेपाली टिमको घोषणा

नामिबियामा डिसेम्बर १ तारिख देखि सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा भएको छ।

डिसेम्बर १ देखि ८ तारिखसम्म नेपालले घरेलु टिम नामिबिया र स्कटल्याण्डसंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

रोहित पौडेल कप्तानीको टिममा युवा दायाँ हाते फास्ट बलर नन्दन यादवले मौका पाएका छन्। नेपाली अन्डर-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका यादव घरेलु फ़्रेन्चाइज् लिगमा नियमित राम्रो प्रदर्शन गर्दै आएका यादव पहिलो पटक राष्ट्रिय टिममा अटाएका हुन् । भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको लागि खेलेका यादवले ४ खेलमा ६ विकेट लिएका थिए । यादव गत वर्ष एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजको लागि खेल्ने क्रममा ८ खेलको ७ इनिंग्समा ९ विकेट लिंदै चौंथो सर्वाधिक विकेटकर्ता थिए । गत वर्ष प्रधानमन्त्रीकपमा यादवले ५ खेलमा ८ विकेट लिएका थिए। यादव आक्रामक ब्याट्सम्यान समेत हुन् जो तल्लो क्रममा विस्फोटक सटहरु खेल्ने क्षमता राख्छन् ।

Nandan Yadav
Nandan Yadav

भर्खरै सम्पन्न घरेलु सिरिजमा टिममा अरहेका फास्ट बलिंग अलराउण्डर गुल्सन झा, देब्रे हाते ब्याटिंग अलराउण्डर हरिशंकर शाह तथा देब्रे हाते स्पिनर सागर ढकालले टिममा निरन्तरता पाएका छन् । सागरले युएई सिरिजमा कुनै पनि खेलमा मौका पाएका थिएनन्।

मोहम्मद आदील आलम, कमल सिंह ऐरी, भिम शार्कीले भने टिममा स्थान पाउन सकेनन् ।

घोषित १४ सदस्यीय नेपाली टिम : रोहित पौडेल, अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी, करन केसी, सोमपाल कामि, हरिशंकर शाह, सागर ढकाल, नन्दन यादव





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]