नरेन्द्र मोदी स्टेडियमको पिच बारे बोले रुट “दर्शकहरु लुटिएझैँ महसुस भयो”

२०७७ फाल्गुन १४, शुक्रबार १०:४६

भारत र इंग्ल्यान्ड बीचको टेस्ट सिरिज अन्तर्गत अहमदावादको नव निर्मित नरेन्द्र मोदी स्टेडियममा आयोजित तेश्रो टेस्ट दुई दिनमै सकिएपछि इंगलिस कप्तान जो रुटले पिच बारे धारणा राखेका छन्। रुटले टेस्ट क्रिकेटको लागि तयार हुने पिचमा घरेलु टिमलाई फाइदा हुने भएता पनि अहमदावादको पिच टेस्ट क्रिकेटको स्तरको भएको नभएको आईसीसीले निर्णय गर्नु पर्ने बताएका छन्।”यस बारे निर्णय आईसीसीले लिनु पर्छ” उनले बताए।

दुई दिनमै सकिएको टेस्टमा भारत १० विकेटले विजयी भयो जहाँ खेलको नतिजा आउन १४०.२ ओभर मात्र लाग्यो। दोश्रो दिन खेलिएको पहिलो २ सेसनको खेलमा कुल १७ विकेट खस्यो जहाँ बल निकै घुमेको थियो भने अनियमित रुपमा बाउन्स भएको थियो। इंग्ल्यान्ड कप्तान रुटले खेलमा करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा मात्र ८ रन खर्चेर भारतको पहिलो इनिंग्समा ५ विकेट लिए। भारतले पहिलो इनिंग्समा अन्तिम ८ विकेट मात्र ४७ रनमा गुमाउन पुग्यो। इंग्ल्यान्ड दोश्रो इनिंग्समा ३१ ओभरमा ८१ रनमै समेटिन पुग्यो।

खेलपछि पिच टेस्ट म्याचको स्तरको थियो भन्ने प्रश्नमा रुटले जवाफ दिए “यो निकै राम्रो प्रश्न हो तर यसको जवाफ दिन मुस्किल छ।”

“मलाई लाग्छ यो सतह निकै चुनौतीपूर्ण थियो जहाँ खेल्न अत्यन्त मुस्किल थियो। यो खेलाडीहरुले निर्णय गरे कुरा हैन। आईसीसीको काम हो। खेलाडीको रुपमा हामीले सक्दो राम्रो गर्ने प्रयास गर्ने हो।”

रुटले विश्वकै ठुलो स्टेडियममा दुई दिनमै टेस्ट सकिनु लज्जास्पद भएको र खेल हेर्न पुगेका ४० हजार दर्शकहरु लुटिएको महसुस भएको बताए –

“यो साच्चै लज्जास्पद कुरा हो कि यति गजबको स्टेडियम जहाँ ४० हजार दर्शकहरु उत्कृस्ट टेस्ट म्याच हेर्न आएका थिए। म उनीहरुलाई महसुस गर्न सक्छु। उनीहरु बिराट कोहलीले जिम्मी एण्डरसन, स्टुवार्ट ब्रोड, ज्याक लिचको सामना गरेको तथा रभीचन्द्रन आश्विनले हाम्रो बेन फोक्स जस्तो उत्कृस्ट ब्याट्सम्यानको प्रतिस्पर्धा हेर्न चाहन्थे। मलाई उनीहरु लुटिएको जस्तै महसुस भयो। त्यसको सट्टा उनीहरुले मैले विकेट लिएको हेर्नु पर्यो जुन हुन हुन्थेन। धेरैको लागि यो निराशाजनक कुरा हो। तथ्य यो हो कि दुवै टिमको लागि यो चुनौतीपूर्ण थियो र भारतलाई श्रेय जान्छ जसले यो विकेटमा हामीलाई परास्त गरे।”

दुई दिनमै सकिएको टेस्टमा भारत १० विकेटले विजयी भयो जहाँ खेलको नतिजा आउन १४०.२ ओभर मात्र लाग्यो।

“हो जहाँ पनि घरमा खेल्नुको फाइदा हुन्छ तर यो लज्जास्पद कुरा हो कि तपाईसंग यति उत्कृस्ट खेलाडीहरु हुँदा हुँदै पनि टेस्ट म्याचमा प्रभाव छोड्न सकेनन्। इशान्त शर्मालाई हेर्नुस जो सयौं टेस्ट खेल्दै थिए जसले निकै कम ओभर बलिंग गरे। जस्प्रित बुम्राह, स्टुवार्ट ब्रोड, जोफ्रा आर्चर, जिम्मी एण्डरसन जस्ता बलरहरु विश्वकै उत्कृस्ट बलरहरु हुन्। तर हामीले उनीहरु खेलेको हेर्न पाएनौ। यो निर्णय आईसीसीले गर्ने हो तर एउटा खेलाडीको रुपमा तपाईले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो उत्कृस्ट दिने हो। तर, तपाईलाई थाहा छ, त्यहाँ प्रतिस्पर्धा हुनुपर्छ।”

रुटका अनुसार खेलमा प्रयोग भएको पिंक बलले पनि ब्याट्सम्यानको मुस्किल अझै बढाएको थियो-

“मलाई लाग्छ विकेट जानुको पछाडी बलको अहम भूमिका थियो।” उनले बताए “बलको प्लास्टिक कोटिंग, एसजी बलको तुलनामा सिमको कडापन, जसले विकेटबाट गति प्राप्त गरेको थियो। यदी बल चमक भएको तिर ठोकियो र सिममा ठोकिएन भने, धेरै विकेटहरु दुवै दिशामा, एलबिडब्लु र बोल्डहरु, बलको गतिको कारण भएको थियो।”

“यदी तपाईले केहि रिप्ले हेर्नु भयो भने ब्याट्सम्यानले सहि तरिकाले खेलेका छन् तर बल पिचमा ठोकिएपछि पेस अझै बढेर मुस्किल भएको छ। विशेषगरि अक्षर पटेललाई श्रेय दिनु पर्छ जसले यसलाई राम्रोसंग बुझे र त्यही अनुरुप बलिंग गरे।”

रुटले खेलमा तिन वटा पेस बलर र मात्र एक स्पिनर लिएर खेल्नु गल्ति भएको स्वीकारे- “हामीले पिंक बललाई हेरेर हाम्रो उत्कृस्ट टिम खेलाउन चाहन्थ्यौ।” उनले बताए “हामीलाई लागेको थियो विकेट राम्रो हुनेछ जुन अभ्यासको क्रममा देखिएको थियो। अभ्यासको दिनहरुमा बल सिम र स्विंग भएको थियो। सिमरहरु उत्कृस्ट बिकल्प थिए। हामीले हाम्रो बलियो पक्ष हाम्रो सिमरहरु खेलाउन चाहन्थ्यौ।”

रुटले मार्च ४ देखि सुरु हुने सिरिजको चौथो तथा अन्तिम टेस्टमा उत्कृस्ट पुनरागमन गर्दै सिरिज बराबरी गर्ने विश्वास व्यक्त गरे – “यो निकै चुनौतीपूर्ण र कठिन छ। तपाईले देखिरहनु भएको छ कि उनीहरुलाई ( भारत ) पनि कठिन भैरहेको छ र उनीहरु यस्तो परिस्थितिसंग बढी घुलमिल छन्। तर हामीले बाटो खोज्ने प्रयास निरन्तर गर्नु पर्छ।”

“विश्वको नम्बर-१ टिम हुने हो भने यो ठुलो पाठ हो। हामिले चुनौती स्वीकार गर्नुपर्छ र निश्चित हुनुपर्छ कि हामि सधै टिमको रुपमा अघि बढीरहेका छौँ”  ( साभार- क्रिक्बज )

https://www.youtube.com/watch?v=H_QuS0iqHPU

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy