नरेश बुढाऐरको आक्रामक पारि, टियु र गोल्डेनगेट क्वाटरफाइनलमा

२०७४ फाल्गुन २९, मंगलवार १०:५५

Naresh Budhayer
  • विकेटनेपाल, फाल्गुन २८ – सोमबार

फाल्गुन २५ गतेदेखि आयोजना भएको दोश्रो युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल सम्पन्न भएका छन्। किर्तिपुर मैदानमा सम्पन्न खेलहरुमा टियु ‘ए’ ले ट्रीटन कलेजलाई २४ रनले र गोल्डेनगेट कलेजले सेन्ट जेभियर कलेजलाई बिशाल १२४ रनले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन्।

प्रतियोगिताको मंगलबार सुरु हुने क्वार्टरफाइनल अन्तर्गत पहिलो खेलमा न्यु समिट र कस्मस कलेज प्रतिस्पर्धा गर्नेछन् भने मंगलबारनै दोश्रो क्वार्टरफाइनलमा क्यारेबियन कलेज र टियु ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेल: इशान पाण्डेको आक्रमणमा टियुको जित

टस हारेर पहिले ब्याटिंग गरेको टियुले इशान पाण्डेको अर्धशतक मदतले २० ओभरमा ६ विकेट गुमाउंदै १६६ रन बनाएको थियो। यु-१९ रास्ट्रिय क्रिकेटर रहीसकेका पाण्डेले ४४ बलमा अविजित ५५ रन ( २ चौका, १ छक्का ) प्रहार गर्दै तेस्रो विकेटको लागि पृथु बास्कोटासँग ५६ रनको साझेदारी गरेका थिए। बास्कोटाले २४ बलमा ३ छक्का सहित ३८ रन बनाए। त्यस्तै सुबाश खकुरेलले १९ बलमा २४ रन बनाए। ट्रीटन कलेजका अभिनाश अधिकारिले २७ रन खर्चेर ३ विकेट लिए।

Ishan Pandey
Ishan Pandey

जवाफमा ट्रीटनका भिम सार्कीले २५ बलमा आक्रामक ५१ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। सार्कीले मात्र २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ट्रीटनलाई २० ओभरमा ७ विकेट झार्दै मात्र १४२ रनमा रोक्न टियुका क्षितिज सिंहले २५ रन खर्चेर ३ तथा सागर ढकालले २१ रन खर्चेर २ विकेट हात पारे। टियुका इशान पाण्डे प्लेयर अफ द म्याच घोषित भए।

स्कोरकार्ड 

दोश्रो खेल: नरेश बुढाएर चम्किँदा गोल्डेन गेटको बिशाल जित

टस जितेर पहिले ब्याटिंग गरेको गोल्डेन गेटले नरेश बुढाऐरको अविजित ९६ रन (६२ बल, ११ चौका, २ छक्का) तथा भुपेन्द्र थापाको अविजित ४८ रन (२७ बल, ३ चौका, ३ छक्का) को मद्दतमा २० ओभरमा २ विकेट गुमाएर १९८ रन बनाएको थियो। दोश्रो विकेटको लागि नरेशले सुशान्त थापासँग ९५ रनको तथा भुपेन्द्रसँग तेस्रो विकेटको लागि अविजित ८९ रनको साझेदारी गरे। थापाले ३२ रन बनाए।

Naresh Budhayer

जवाफमा रबि कुमार शाहले मात्र ७ रन खर्चेर ४ विकेट तथा संजय श्रेष्ठले ६ रन खर्चेर ३ विकेट लिएपछि सेन्ट जेभियर कलेज ७४ रनमै समेटियो। सेन्ट जेभियरका कप्तान अनुप सिंह न्यौपानेले ४२ बलमा ५ चौका र ३ छक्का सहित ४६ रन बनाएपनि अन्य खेलाडीहरुले कमजोर प्रदर्शन गर्दा पराजित हुन पुग्यो।

स्कोरकार्ड 

कुल १६ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैया तथा प्रत्येक खेलको उत्कृस्ट खेलाडीले ५ हजार रुपैयाँ बराबरको एक्सटेपको जुत्ता र नेपाल टेलिकमद्वारा १ हजार रुपैया प्राप्त गरिरहेका छन्।

सहभागी टिमहरु –

गोल्डेनगेट कलेज, त्रिभुवन युनिभर्सिटी ‘ए’ , त्रिभुवन युनिभर्सिटी ‘बि’ , सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डि.भी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारेबियन कलेज, ओमेगा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy