प्रदेश-५ को जितमा नेरीको उत्कृस्ट प्रदर्शन

दाङ– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लमहीमा जारी महिला क्रिकेट प्रतियोगितामा प्रदेश–५ ले गण्डकी प्रदेशलाई १०१ रनले पराजित गरेको छ।

टस जिटेर पहिले ब्याटिंग गरेको प्रदेश–५ ले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो। उसका लागि नेरी थापाले सर्वाधिक ६७, सरस्वती पुनले ३७ र सरस्वती जिएमले १७ रन जोडिन्।

बलिङतर्फ गण्डकी प्रदेशकी सृष्टि पौडेल दुई तथा निशा लामिछाने र शिला रेग्मीले एक–एक विकेट लिइन्।

१७० रनको लक्ष्य पछ्याएर जवाफी व्यटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रन मात्रै जोड्न सक्यो। उसका लागि धना छन्त्यालले १४ रन र सृष्टि पौडेलले १० रन जोडेपनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ प्रदेश–५ की लक्ष्मी चौधरी र सरस्वती पुनले दुई–दुई तथा शर्मिला रोका, कृतिका मरस्मि र मनिसा रानाले एक–एक विकेट लिइन्।

प्रदेश–५ कि नेरी थापा वुमन अफ दि म्यान भइन्। अब सेमिफाइनल प्रवेशका लागि प्रदेश–५ ले प्रदेश–२ को सामना गर्नेछ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]