प्रदेश-५ को जितमा नेरीको उत्कृस्ट प्रदर्शन

दाङ– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लमहीमा जारी महिला क्रिकेट प्रतियोगितामा प्रदेश–५ ले गण्डकी प्रदेशलाई १०१ रनले पराजित गरेको छ।

टस जिटेर पहिले ब्याटिंग गरेको प्रदेश–५ ले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो। उसका लागि नेरी थापाले सर्वाधिक ६७, सरस्वती पुनले ३७ र सरस्वती जिएमले १७ रन जोडिन्।

बलिङतर्फ गण्डकी प्रदेशकी सृष्टि पौडेल दुई तथा निशा लामिछाने र शिला रेग्मीले एक–एक विकेट लिइन्।

१७० रनको लक्ष्य पछ्याएर जवाफी व्यटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रन मात्रै जोड्न सक्यो। उसका लागि धना छन्त्यालले १४ रन र सृष्टि पौडेलले १० रन जोडेपनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ प्रदेश–५ की लक्ष्मी चौधरी र सरस्वती पुनले दुई–दुई तथा शर्मिला रोका, कृतिका मरस्मि र मनिसा रानाले एक–एक विकेट लिइन्।

प्रदेश–५ कि नेरी थापा वुमन अफ दि म्यान भइन्। अब सेमिफाइनल प्रवेशका लागि प्रदेश–५ ले प्रदेश–२ को सामना गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy